December 6th, 2017

गण्डकी विकास बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सले पाए हकप्रद जारी गर्ने अनुमति

बैंकिङ खबर । गण्डकी विकास बैंक लिमिटेड र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । गण्डकीले चार बराबर एकको अनुपातमा र श्री इन्भेष्टमेन्टले १० बराबर ८.३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएका हुन् । 

धितोपत्र बोर्डबाट पाएको स्वीकृति अनुसार, गण्डकी विकास बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ४६ करोड नौ लाख ८१ हजार पाँच सय ५० रुपैयाँ बराबरको ४६ लाख नौ हजार आठ सय १५ दशमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल गण्डकीको चुक्तापुँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार तीन सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी दुई अर्ब ३० करोड ४९ लाख सात हजार आठ सय रुपैयाँ पुग्नेछ । गण्डकीको सेयर निष्काशन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । 

त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ६७ लाख २२ हजार पाँच सय ६२ रुपैयाँ बराबरको २८ लाख ६७ हजार दुई सय २५ दशमलव ६२ कित्ता  हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा सिद्धार्थ क्यापिटल लिमिटेडलाई सुम्पेको छ । हाल श्री इन्भेष्टमेन्ट फाइनान्सको चुक्तापुँजी ३४ करोड ५४ लाख ४९ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ६३ करोड २१ लाख ७१ हजार पाँच सय रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]