July 17th, 2017

काठमाडौँ महानगरपालिकाले तोक्यो बैंकवित्त क्षेत्रलाई करको रकम

काठमाडौं महानगरपालिकाले बैंकबित्त क्षेत्रका लागि करको रकम तोकेको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७४।७५ को लागि नयाँ करको दर सार्वजनिक गर्दै महानगरमा केन्द्रीय कार्यालय रहने वाणिज्य बैंकले ७५ हजार कर तिर्नुपर्ने बताएको हो । वाणिज्य बैंकका शाखाहरुले भने ४० हजार रुपैयाँ कर तिर्नुपर्नेछ । 

त्यस्तै, विकास बैंकको केन्द्रीय कार्यालयले ४० हजार तथा शाखा कार्यालयले २५ हजार रुपैयाँ कर तिर्नुपर्नेछ । आर्थिक कारोबार समेत गर्ने वित्तीय कम्पनीले ३० हजार र सहकारी संस्थाले तीन हजार रुपैयाँ कर चुक्ता गर्नुपर्नेछ भने बीमा कम्पनीको केन्द्रीय कार्यालयले ५० हजार र शाखा कार्यालयले ३० हजार रुपैयाँ बुझाउनुपर्नेछ । त्यसैगरी, विदेशी मुद्रा सटही गर्ने कम्पनीले १० हजार, सहकारी बैंकले २५ हजार र अन्य वित्तीय कारोबार गर्ने संस्थाले २५ हजार रुपैयाँ कर बुझाउनुपर्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]