May 13th, 2021

सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग

बैंकिङ खबर/ सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि रु.१ करोड ४ लाख सहयोग प्रदान गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु १० लाखका दरले रु ७० लाख र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा रु २ लाखका दरले रु ३४ लाख सहयोग गरेको हो ।
हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ भने बैंकले ग्राहकहरुको सहजताका लागि घरैमा बसी प्रबिधि मैत्री डिजिटल माध्यमबाट पनि बैँकिङ्ग सेवा उपलब्ध गर्दै आईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]