May 25th, 2020

डिजिटल सेवा निशुल्क भएपछि नगदमा ‘कोरोना कर’ लिने बैंकहरुको योजना

बैंकिङ खबर । पछिल्लो समय बैंकिङ क्षेत्रमा आएका विभिन्न परिवर्तनमध्ये डिजिटल कारोबार एक हो । डिजिटल कारोबारमा बैंकहरुले सेवा शुल्क लिँदै आएका थिए । कोरोना संक्रमण सुरु भएसँगै यसबाट बच्नका लागि बैंकवित्तले डिजिटल कारोबारलाई निशुल्क गराए । छोटो अबधिका लागि लकडाउन हुने अनुमान गरिएको थियो । जसले गर्दा डिजिटल कारोबारसँगै बैंकहरुले एटीएम कार्डलाई पनि सहजीकरण गरे । जस अन्तरगत बैंकहरुले कुनै पनि बैंकको एटीएम अर्को बैंकको एटीएमबाट प्रयोग गर्दा समेत निशुल्क व्यबस्था गरे । अहिले बैंकिङ डिजिटल कारोबार र एटीएमको प्रयोग निशुल्क छ ।

डिजिटल कारोबारमा शुल्क लिन सक्ने अबस्था  छैन
यही अवधिमा बैंकहरुले अब तत्काल डिजिटल कारोबारमा शुल्क लिन सक्ने अबस्था पनि छैन । बैंकहरुले डिजिटल कारोबार निशुल्क गरेपछि अब बैंकहरु नगद कारोबारमा शुल्क लिने तयारीका छन् । कोरोनाको संत्रास बढ्दै गएपछि करिव ५० प्रतिशतले नोटको कारोबार घटेको बैंकहरुले बताएका छन् । नगद कारोबार धेरै हुने बैंकहरुमा नगद कारोबार ह्वात्तै घटेको छ । डिजिटल कारोबार अत्याधिक धेरै भएका कारण नगद कारोबार घटेको भने पक्कै होइन । आर्थिक चलायमान नहुँदा बैंकिङ कारोबार नै घटेको हो । तथापी अन्य समयमा भन्दा डिजिटल कारोबार अहिले बढेको छ । लकडाउनका कारण डिजिटल कारोबार बृद्धि भएको छ । के अब बैंकहरुले डिजिटल सेवा निशुल्क गरेर नगदमा शुल्क लिन खोजोका हुन् त ? यतिबेला एउटा महत्वपूर्ण जिज्ञासा उत्पन्न भएको छ । नोटबाट कारोबार गर्दा कोरोना संक्रमण हुन सक्ने भन्दै नोटको कारोबार कम गर्न बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकलाई आग्रह गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकको नीति पनि यही थियो । तर अब भने कोरोनाको विषयलाई लिएर बैंकरहरूले राष्ट्र बैंकलाई कोरोना कर लिने व्यबस्था मिलाउन माग गरेका छन् । नगद बैंकिङ कारोबारलाई कम गर्न कोरोना कर लगाउने र क्यासलेस बैंकिङलाई महत्व दिने उद्येश्यले नगद कारोबारमा ‘कोरोना कर’ लिन खोजिएको एक बैंकरले बताए । तर अबस्था त्यस्तो सहज छैन कि कोरोना कर कहिलेसम्म भन्ने अर्को प्रस्न छ । यसलाई हेर्दा बैंकहरुले कोरोना करको नाम दिएर अब नगद कारोबारमा कर लिन खोजेको देखिन्छ ।

कोरोना कर !

नोटको कारोबार गरेबापत लिइने दस्तुरलाई बैंकहरुले कोरोना कर को नाम दिएका छन् । कोरोनाको संक्रमण फैलीएको र डिजिटल कारोबारलाई निशुल्क गरिएको हुँदा अब बैंकबाट पैसा निकाल्दा होस या आफूसँग भएको रकम जम्मा गर्दा कर लिने देखिन्छ । नगद रकमबाट कोरोना सर्ने सम्भावना भएका कारण यसो गरीन लागेको बैंकहरुको भनाई छ । तर ‘कोरोना कर’ नाम दिइएको यो कर सम्पूर्ण नगद कारोबारमा लगाउने या बैंकिङ कारोबारमा मात्रै लगाउने ? अन्यौलता छ । कोरोना कर कति लिने भन्ने बारे निर्धारण भएको भने छैन । यसमा नेपाल राष्ट्र बैंकले निर्णय गरीसकेको छैन । यो कर बैंकमा मात्रै लगाउने वा नगद कारोबारमा लगाउने भन्ने अन्यौलता छ । बैंकर्स संघले नोटको कारोबार र यसको प्रयोगबाट कोरोना संक्रमणको जोखिम हुने उल्लेख गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]