व्यबसायीक कृषिमा बीमाको अबस्था र आबश्यकता

बैंकिङ खबर । बीमा कम्पनीहरुको नियामक बीमा समितिले ०६९ देखि वृषि बीमा सुरु गरेको छ । नियामक निकाय बीमा समितिले निर्जबीन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन समेत दिएको छ ।

कृषि बीमाले समट्ने/नसमेट्ने अवस्था
कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने उपाय हो कृषि बीमा । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ । कृषि बीमाका लागि तराईमा न्यूनतम १ कठ्ठा र पहाडमा आधा रोपनी जग्गामा पशुपन्छी पालन तथा खेती गरेको हुनुपर्छ । बाली रोपियो अथवा छरियो तर बालीले फल दिएन भने त्यस्तो अवस्थामा क्षतिपूर्ति पाइँदैन । बिउको समस्या हो भने आफैँले नै कभर गर्नुपर्ने हुन्छ । सामान्य विषयहरु आफैँले व्यहोर्नुपर्ने हुन्छ । तर रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले असर गरेको छ भने त्यस्तोमा बीमाले नै कभर गर्छ ।

त्यस्तै, बीमित पशू पंक्षी वा बाली हराएमा वा चोरी भएमा, निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा, बीमित पशू पंक्षी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा भुक्तानी पाइँदैन । बीमित पशु पंक्षी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा पनि बीमा कम्पनी दाबी भुक्तानीका लागि बाध्य हुने छैन । बीमित पशू पंक्षी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा, चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि ५ किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा अथवा बीमकको सहमतिबीना पशूपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा र पन्छीमा बर्डफ्लू भएमा बिमित भुक्तानी नपाउने व्यवस्था छ ।

कसरी गर्ने कृषि बीमा ?
कृषि बीमा गर्न १७ वटा कम्पनीले अनुमति लिएका छन् । ती मध्ये आफुलाई पायक पर्ने कुनै पनि कम्पनीका अभिकर्ता वा सिधै कम्पनीको कार्यालयमा गई आफुले गरेको कृषि कार्य र लागत खर्च उल्लेख गरि फाराम बुझाउनु पर्छ । उक्त कम्पनीले पठाएको प्राविधिक टोलीको रिपोर्ट आईसकेपछि अभिकर्ताले किसानको पशुपन्छी तथा बाली विमा गरिदिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.