October 6th, 2019

डिजिटल भुक्तानी गर्नेलाई दशैँभरी अफर नै अफर, देशलाई पनि फाइदा

बैंकिङ खबर । मुलुकलाई क्यासलेश कारोबारमा पूर्ण रुपमा र्लैजाने योजना अनुसार नेपालमा डिजिटल दक्षिणाको चलन सुरु भएको छ । विशेषगरी दशैँ तिहारमा दक्षिाण दिने क्रममा नोटमा अविर लागेर विग्रने गरेका कारण मुलुकलाई हानी भइरहेको थियो । सामान्यतः एउटा नोट छपाइ गर्दा सरदर दुई रुपैयाँ लागत लाग्छ । एउटा नोटको सरदर आयु दुईदेखि पाँच वर्षसम्म हुन्छ । सय रुपैयाँ र त्यसभन्दा कम मूल्यका नोटको आयु तीन वर्ष र त्यसभन्दा ठूला नोटका आयु पाँच वर्षसम्म हुन्छ । आयु सकिएपछि राष्ट्र बैंकले नोट खिच्छ । दसैँमा यसरी वार्षिक रूपमा नयाँ नोट सटही गर्दा राज्यलाई वार्षिक ४०–५० करोड रुपैयाँ नोक्सान हुने गरेको छ । डिजिटल कारोबारले यस्तो हानी कम गर्ने, नोट छाप्ने खर्च घटाउने, नयाँ नोटको लागि लाइने बस्ने झन्झट कम गर्ने हुन्छ ।

यसपाली झन् कार्ड वा विद्युतीय माध्यमबाट हुने भुक्तानीमा सरकारले कर छुट, बैंक तथा वित्तीय संस्थाले नगद फिर्ता र कतिपय विक्रेताले नगद छुटका घोषणा गरिरहेका छन् । अझ दसैँ, तिहार तथा छठलाई समेत लक्षित गर्दै यस्ता छुट तथा सुविधाका घोषणा बढिरहेका छन् ।

सरकारले कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट)मा १० प्रतिशत रकम छुट दिने व्यवस्था गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले कार्डबाट हुने भुक्तानीमा १० प्रतिशतसम्म नगद फिर्ता ९क्यास ब्याक० योजना पनि ल्याएका छन् । भुक्तानी सेवाप्रदायक आइएमई–पे, इसेवा, प्रभु–पे, सेल–पेलगायत थुप्रै कम्पनीले पनि आफ्ना प्लेटफर्ममार्फत हुने भुक्तानीमा विभिन्न किसिमका बोनस तथा छुट उपलब्ध गराइरहेका छन् । त्यस्तै, अनलाइन पसलले पनि ठूला चाडपर्वका अवसरमा छुट तथा उपहारको अफर ल्याइरहेका छन् ।

दशैँमा घर जानका लागि बस र जहाजको टिकट अनलाइनबाट भुक्तानी गर्न सकिन्छ र यसो गर्दा विभिन्न क्यासब्याक र छुटका योजनाहरु छन् । दशैँमा नयाँ लुगा लगाउने परम्परालाई ध्यानमा राख्दै अनलाइन सपिङमा पनि छुटका अफरहरु चलिरहेका छन् । इसेवापसल, दराज, फुडमाण्डू, भाटभटेनी अनलाइन, आइस्टोर, सपमान्डु, नेपवे, मेरो सपिङ, पेटसप, नेपाल अनलाइन मार्ट, स्टायल ९७ डटकम, मेरोसपिङडटकम, इजी वाई नेपाल, इसप नेपाललगायत अनलाइनले कारोबार गरिरहेका छन् । यस्तो अनलाइन पसलले दसैँ, तिहार, छठलगायत चाडपर्वलक्षित अफर ल्याइरहेका छन् । दराजले दसैँ धमाका योजना ल्याएको छ, जसबाट विभिन्न छुट तथा सुविधा पाइन्छ । इसेवा पसलले पनि ‘दसैँ आयो सपिङ गरौँला, सबै सामान घरमै मगाउँला’ नारासहित छुट तथा सुविधा योजना ल्याएको छ ।

अनलाइन एवम् कार्ड भुक्तानीमा विभिन्न सुविधा पाउने भएपछि बैंकका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ एवम् कार्डका प्रयोग कर्ता बढेका छन् । त्यस्तै, डिजिटल भुक्तानी सेवा दिने कम्पनीहरु पनि बढ्न थालेका छन् । मोबाइल बैंकिङ प्रयोगकर्ता ८३ लाख ४७ हजार पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या नौ लाख १७ हजार पुगिसकेको छ । त्यस्तै, ६७ लाखले डेबिट कार्ड प्रयोग गर्छन् भने क्रेडिट कार्ड प्रयोगकर्ता एक लाख २३ हजार र प्रिपेड कार्ड प्रयोगकर्ता ६७ हजार पुगिसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म ६ वटा कम्पनीले भुक्तानी प्रणाली सञ्चालक ९पिएसओ०को अनुमति लिएका छन् । त्यस्तै, आठवटा कम्पनीले भुक्तानी सेवाप्रदायक ९पिएसपी०को अनुमति लिएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]