June 17th, 2019

राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियतपूर्ण कर्जा लिन के के कागजात चाहिन्छ ?

बैंकिङ खबर । वाणिज्य बैंकले देशभर रहेका २ सय १८ वटा शाखा कार्यलय मार्फत विभिन्न सातवटा शिर्षकमा अधिकतम ५ करोड रुपैयाँ सम्म सहुलियत कर्जा वितरण गरिरहेको छ । बैंकले महिला उद्यमशीलता कर्जा, व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक व्यवसायिक शिक्षा कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा र भुकम्प पिडितको निजी आवास निर्माण कर्जा वितरण गरेको हो ।

कर्जा लिनको लागि आवाश्यक पर्ने कागजातहरु :
कर्जा मागको निवेदन, निवेदकले भर्नुपर्ने विवरण फारम र परियोजना प्रस्ताव बैंकले नै उपलब्ध गराउनेछ । सातवटै क्षेत्रको कर्जाको लागि ऋणीले बैंकमा अनिवार्य रुपमा खाता खोल्नुपर्ने हुन्छ भने ऋणी र जमानतवालाको नागरीकताको प्रतिलिपी र एकल तथा संयूक्त परिवारको नागरीकताको प्रतिलिपी पनि अनिवार्य रुपमा चाहिन्छ । यसबाहेक, कर्जा शीर्षक अनुसार निम्न थप कागजात आवश्यक पर्छ ः

ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा लिनको लागि फर्म दर्ताको प्रमाणपत्र (एक करोड भन्दा कम भएमा फर्म÷कम्पनी र एक करोड भन्दा माथि भएमा प्रा. लि भएको), आन्तरीक राजश्व कार्यलयमा स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र र कृषि कर्जा निर्देशिका बमोजिम कृषि कर्जाका लागि चाहिने अन्य आवाश्यक कागजातहरु आवाश्यक पर्छ । ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा लिनको लागि १८ बर्ष उमेर पुरा भएको हुनु पर्नेछ । यो शीर्षकमा अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा पाइन्छ ।

शिक्षित यूवा स्वरोजगार कर्जाको लागि कम्तीमा स्नातक वा सो सरह उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्रको सक्कल प्रति र घरेलु तथा साना उद्योग कार्यलय÷सिप विकास तालिम केन्द्र, सिटिइभिटि लगायतका सरकारी निकायहरुबाट कम्तीमा ७ दिनको तालिम वा ब्यवसाय गर्ने सिप विकास तालिम लिएको प्रमाणपत्र आवश्यक पर्दछ । शिक्षित यूवा स्वरोजगार कर्जा लिनको लागि ४० बर्ष ननाघेको हुनु पर्दछ । यो शिर्षकमा अधिकतम ७ लाख रुपैयाँसम्म पाइन्छ ।

बैंदेशिक रोजगारीबाट फर्केका यूवा परियोजना कर्जाको लागि अन्य कागजातमा राहदानीको प्रतिलिपी, प्रवेषाज्ञाको प्रतिलिपी र विदेशमा गई कम्तीमा ६ महिना सम्बन्धित क्षेत्रमा काम गरेको खुल्ने कागजातको प्रतिलिपी आवाश्यक पर्दछ । बैदेशिक रोजगारीबाट फर्केका यूवा परियोजना कर्जा लिनको लागि बैंदेशिक रोजगारीबाट फर्केको तिन बर्ष ननाघेको हुनु पर्छ । यो शिर्षकमा अधिकतम १० लाख रुपैयाँ सम्म कर्जा पाइन्छ ।

महिला उद्यमशिलता कर्जाको लागि दलित समुदाय ब्यवसाय कर्जाको लिनको लागि सम्वन्धित जिल्ला प्रशासन कार्यलय, राष्ट्रिय दलित आयोग वा सम्बन्धित स्थानीय निकायबाट दलित भनि प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपी पनि आवाश्यक पर्छ । महिला उद्यमशिलता कर्जा र दलित समुदाय ब्यवसाय कर्जा लिनको लागि पनि १८ बर्ष उमेर पुगेको हुनु पर्दछ । यो शिर्षकमा अधिकतम १५ लाख रुपैयाँ सम्म कर्जा पाइन्छ ।

उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जाका लागि आर्थिक रुपमा बिपन्न, सिमान्तकृत समुदाय वा लक्षित बर्ग भनि सम्बन्धित निकायबाट सिफारिस गरेको सिफारिस पत्र, अध्ययन गर्ने क्याम्पस वा शिक्षालयको निजको अध्ययन गर्ने वा गर्न चाहेको विषय र अध्ययनको लागि लाग्ने शुल्क सहितको सिफारिस पत्र, अध्ययन गर्ने वा गरिरहेको तह भन्दा तल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्र र ऋणीको परिवारको आम्दानी विवरण खुल्ने कागजात पनि आवश्यक पर्छ । उच्च र प्राविधिक ब्यवसायीक शिक्षा कर्जा लिनको लागि २५ बर्ष ननाघेको हुनु पर्दछ । यो शीर्षकमा अधिकतम ५ लाख रुपैयाँ सम्म कर्जा पाइन्छ ।

भुकम्प पिडितको निजी आवास निर्माण कर्जाको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणको सिफारिस, ऋणी वा सगोल परिवारको नाममा कुनै पनि स्थानमा बस्न योग्य घर नभएको ब्यहोराको स्वःघोषणा र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आवास निमार्ण सम्पन्न गर्न तोकेको अवधि खुलेको कागजात आवश्यक पर्ने बैंकले जनाएको छ । यो शीर्षकमा अधिकतम ३ लाख रुपैयाँ सम्म कर्जा पाइन्छ ।

त्यस्तै, दलित समुदाय ब्यवसाय कर्जा शीर्षकमा अधिकतम १० लाख रुपैयाँ सम्म कर्जा पाइने बैंकले जनाएको छ ।

महिला उद्यमशीलता कर्जामा बैंकको आधार ब्याजदरमा २ प्रतिशत प्रमियम थप गर्दा हुन आउने ब्याजदरमा नेपाल सरकारबाट आउने ६ प्रतिशत सम्म ब्याज अनुदानको ब्यवस्था छ भने अन्यमा ५ प्रतिशत अनुदान पाइन्छ । कर्जाको अवधि अधिकतम ५ बर्षको रहने छ ।

हालसम्म राष्ट्रिय वाणिज्य बैंकले १८ जनालाई सहुलियत कर्जा प्रदान गरेको बैंकले जनाएको छ । कागजात पुरा गरेको २१ दिन भित्रमा नै ऋण पाउन सकिने पनि बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]