January 7th, 2022

राष्ट्र बैंकको नीति र व्यापार घाटाको अबस्था :

अपेक्षा ढुंगाना / नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको छ। हालै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो।

निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

निर्देशनमा चिनीरचकलेट, ल्वाङ, मिनरल वाटर, मदिरारभिनागर, चुरोटरसुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका बहुमुल्य सामान आयात निरुत्साहित गर्न खोजिएको छ।

यसैगरी विद्युतिय बाहेकका गाडी र मोटरसाइकल आयातको लागि समेत ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन गरेको छ। उक्त मार्जिन रकमका लागि बैंकहरुले ऋण दिन नपाउने र मार्जिन वापत जम्मा भएको रकममा व्याजसमेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा छ । उच्च व्यापारघाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा संचितिमा समेत दवाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो। यसअघि पनि राष्ट्र बैंकले चाँदी आयात कडाइ गर्न सीमा तोकेको थियो। आयातलाई निरुत्साहित गर्नका लागि राष्ट्र बैंकले कडाइ गरेको हो।

व्यापार घाटाको अबस्था

निर्यात भन्दा आयात बढि भएको अवस्थालाई व्यापार घाटा भनिन्छ । यदि कुनै देशको निर्यात भन्दा आयात बढि छ भने त्यो देश व्यापार घाटामा छ भन्ने बुझिन्छ । नेपालको वैदेशिक व्यापारको अवस्था नियाल्दा बिगत लामो समय देखि नेपाल व्यापार घाटामा रहेको छ । सामान्य अर्थमा बुझ्दा नेपालको पनि निर्यात भन्दा आयात बढि भएको कारणले व्यापार घाटा भएको हो । यसै सन्दर्भमा नेपालको बिगत ६ वर्षको वैदेशिक व्यापारको अवस्थालाई केलाउँदा एक कहालीलाग्दो चित्र देखिन्छ । तलको तालिकाले आर्थिक वर्ष २०७२/७३ देखि २०७७/७८ नेपालको वैदेशिक व्यापारको अवस्था देखाएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा रु. ७०.१२ अर्बको निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा रु. १४१.१२ अर्बको निर्यात गरेका छ जुन १०१.२५% ले बढी हो । त्यस्तै आयाततर्पm हेर्दा आर्थिक वर्ष २०७२/७३ रु. ७७३.६० अर्बको आयात गरेको नेपालले आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा रु. १५३९.८४ अर्बको आयात गरेका छ र यो ९९.०४% ले बढी हो । त्यस्तै आर्थिक वर्ष २०७२÷७३ मा रु. ७०३.४८ अर्ब व्यापार घाटामा रहेको नेपाल आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा व्यापार घाटा ९८.८३% बढेर रु. १३९८.७२ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ कात्तिक मसान्तसम्म आर्थिक वर्ष २०७६÷७७ कात्तिक मसान्तको तुलना गरेर हेर्दा व्यापार घाटा एक वर्षमै रु. २०५.८८ अर्ब अर्थात् ५६.८३ प्रतिशतले बढेको छ । क वर्ष २०७६/७७ कात्तिक मसान्तको तुलनामा २०७८ कात्तिक मसान्तमा निर्यात रु. ४१.९२ अर्बले बढेर रु. ८२.१२ अर्ब पुगेको छ भने आयात रु. २४७.८० अर्बले बढेर रु. ६५०.२९ अर्ब पुगेको छ । त्यस्तै व्यापार घाटा रु. २०५.८८ अर्बले बढेर रु. ५६८.१७ अर्ब पुगेको छ । चार महिना सम्मको व्यापार घाटाको अवस्था हेर्दा यो वर्ष अन्तिम सम्म गत वर्ष भन्दा अझै बढ्ने देखिन्छ ।
नेपाल एक आयातमा निर्भर हुने देश भएकोले व्यापार घाटा हुनु स्वभाभिकै हो तर बढ्दो व्यापार घाटाले देशको चालु खाता र शोधनान्तर स्थितिमा घाटा पुर्याउन मद्धत गरिरहेको छ । निर्यातको तुलनामा नेपालको आयातको अवस्था अत्याधिक बढी छ । २०७८ कात्तिक मसान्तसम्म निर्यात–आयात अनुपात १२.६% पुगेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.०% रहेको थियो ।
२०७८ कात्तिक मसान्तसम्म हेर्दा नेपालको शिर्ष दश निर्यात र आयात वस्तु र रकम निम्न छन् ।
क्र.सं. निर्यात वस्तु रकम (रु. अर्बमा) आयात वस्तु रकम (रु. अर्बमा)
१ सोयाविन तेल २६.४० पेट्रोलियम पदार्थ ७८.१६
२ पाम तेल १९.०२ यातायातका साधन तथा पार्टपुर्जा ५४.४०
३ धागो (पोलिष्टर तथा अन्य) ३.२८ अन्य मेसिनरी पार्टपुर्जा २८.८१
४ ऊनी गलैचा ३.०१ कच्चा सोयाविन तेल २७.२४
५ जुटका सामान २.७८ दूरसंचारका उपकरण तथा पार्टपुर्जा २४.८४
६ जुस १.८७ औषधी २२.०३
७ पिना १.८२ कच्चा पाम तेल १९.१८
८ तयारी पोशाक १.६२ एम.एस. बिलेट १७.६६
९ अलैंची १.६० सुन १५.०४
१० चिया १.२३ चाँदी १४.२९

कात्तिक मसान्त २०७८ सम्म रु. ८२.१२ अर्ब निर्यातमध्ये सबैभन्दा बढी रु. २४.४० अर्र्बको सोयाविन तेल निर्यात भएको छ । त्यसैगरि दोस्रो बढी निर्यात हुनेमा पाम तेल रु. १९.०२ अर्ब र तेस्रो बढी निर्यात हुनेमा धागो (पोलिष्टर तथा अन्य) रु. ३.२८ अर्र्बको निर्यात भएको छ । शिर्ष १० मा पर्ने अन्य निर्यातहरुमा ऊनी गलंैचा, जुटका सामान, जुस, पिना, तयारी पोशाक, अलैंची र चिया रहेकाछन् ।
यस्तै, कात्तिक मसान्त २०७८ सम्म रु. ६५०.२९ अर्ब आयातमध्ये सबैभन्दा बढी रु. ७८.१६ अर्वको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसैगरि दोस्रो बढी आयात हुनेमा यातायातका साधन तथा पार्टपुर्जा रु. ५४.४० अर्ब र तेस्रो बढी आयात हुनेमा अन्य मेसिनरी पार्टपुर्जा रु. २८.८१ अर्र्बको आयात भएको छ । शिर्ष १० मा पर्ने अन्य आयातहरुमा कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, औषधी, कच्चा पाम तेल, एम.एस. बिलेट, सुन र चाँदी रहेकाछन् ।

किन बढिरहेको छ नेपालको व्यापार घाटा ?
नेपालमा कहालीलाग्दो व्यापार घाटा बढ्नुमा यहि एउटा कारणले मात्र हो भनेर यकिन गर्न सकिदैन । विभिन्न कारणहरुले व्यापार घाटा बढ्नमा सहयोग गरेको देखिन्छ जसमध्ये केहि प्रमुख कारणहरु तल प्रस्ट्याइएको छ ।
१. नेपाल सरकारद्वारा सुरु गरिएको ९ल्भउब ित्चबमभ क्ष्लतभनचबतष्यल क्तबतभनथ, द्दण्ज्ञट० मा भनिएका निर्यात प्राथमिकता वस्तु र सेवाहरुको उत्पादनमा र निर्यातमा जोड कम दिएको
२. विलासिताका वस्तुहरु जस्तै सुन, चाँदी र महँगो मूल्यका वस्तुहरुमा को आयात मा कडाई अथवा प्रतिबन्ध नभएको
३. कृषिमा आधुनिकीकरण र व्यापारीकरण को कमीले गर्दा कृषिजन्य वस्तुहरुको उत्पादन र त्यहि अनुसारको निर्यात मा कमी भएको
४. वाणिज्य नीति र औद्योगिक नीतिले बनाएका रणनीतिहरु पूर्ण रुपमा लागु नभएको
५. सुस्त गतिमा औद्योगिक विकास र उत्पादकत्व क्षमतामा कमी भएको
६. नेपाल भुपरिवेष्ठित देश भएकाले निर्यातमा विभिन्न कठिनाई भएको

बढिरहेको व्यापार घाटा कम गर्ने उपायहरु
नेपाल आयातमा निर्भर हुने देश भएकाले हामिले व्यापार घाटा थोरै समयमा नै शुन्यमा झार्न सम्भव छैन । तर बढिरहेको व्यापार घाटा व्यवस्थित भने गर्न सक्छौ । व्यापार घाटा कम गर्ने केहि उपायहरु निम्न छन् ।
१। नेपालले Nepal Trade Integration Stategy (NTIS) ले प्राथमिकता दिएको वस्तु र सेवाहरुको उत्पादन र निर्यातमा जोड दिनुपर्दछ । Nepal Trade Integration Stategy (NTIS) 2016  ले १२ वटा वस्तु र सेवाहरुलाई प्राथमिकता दिएको छ ।
क. ठुलो अलैची
ख. अदुवा
ग. चिया
घ. एमएपीहरु
ङ. कपडा, धागो र डोरी
च. छाला
छ. जुत्ता
ज. च्याङ्ग्रा पस्मिना
झ. बुनेको गलैंचा
ञ. दक्ष र अर्ध दक्ष कुशल पेशेवर सेवाहरू
ट. आईटी सेवाहरू र बि. पी. वो.
ठ. पर्यटन

२. नेपालले तुलनात्मक र प्रतिस्पर्धात्मक फाइदाहरु भएका वस्तु र सेवाहरुको उत्पादनमा जोड दिनुपर्दछ ।
३. नेपालले विलासिता र महगो वस्तु र सेवाहरुको आयातलाई निरुत्साहित गर्नु पर्दछ । यसका लागि सिमा तोक्ने वा भन्सार कर बढाउने अथवा पूर्ण रुपमा विलासिताको वस्तुहरु प्रतिबन्ध गरेर निरुत्साहित गर्नुपर्दछ ।
४. गुणस्तरिय कृषिजन्य वस्तुहरुको उत्पादन र निर्यात बढाउनका लागि कृषिमा आधुनिकिरण र व्यापारिकरण अवलम्बन गर्नुपर्दछ ।
५. नेपालले व्यापार निती र औधोगिक नितीले भनेका रणनितिहरुलाई अवलम्बन गर्न जोड दिनुपर्दछ । जसले गर्दा वस्तु तथा सेवाहरुको उत्पादन र निर्यातमा वृद्धि हुन सक्छ ।
६ नेपालले क्षेत्रीय र द्धिपक्षीय सन्धिहरु जस्तै, विश्व व्यापार संगठन (WTO),  साउथ एशियन फ्री ट्रेड एरिया (SAFTA) ले दिएको निर्यातमा हुने सुविधाहरु उपभोग गर्न जोड दिनुपर्दछ ।
७. नेपालले औधोगिक क्षेत्रमा लगानि बढाउनुपर्दछ । जसले गर्दा उत्पादकत्व क्षमता बढ्नुका साथै अन्त्यमा निर्यात बढाउन मद्धत गर्दछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]