May 30th, 2019

सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावकारी बनाउन सरकारले गर्यो यस्तो व्यवस्था

बैंकिङ खबर । सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावकारी बनाउने नीति लिएको छ । यसका लागि मापदण्ड पुगेका व्यक्ति वा समूहलाई यस्तो कर्जामा पहुँच सुनिश्चित गरिने व्यवस्था बजेटमा गरिएको छ ।

यस्तो कर्जा कार्यक्रमको लागि नेपाल सरकारले पाँच प्रतिशत व्याज अनुदान दिने भएको छ । त्यस्तै, बीमा तथा कर्जाको सुरक्षणमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी तुल्याउँदै कार्यान्वयन गर्न पर्याप्त बजेटको व्यवस्था गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]