July 25th, 2019

सनराइज बैंकका सीईओ पौड्यालको कार्यभार सुरु, बैंकिङ क्षेत्रमा ३२ बर्षभन्दा बढि अनुभव

बैंकिङ खबर । जनक शर्मा पौड्यालले औपचारिक रुपमा सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुरु गरेका छन् । बैंक संचालक समितिको गत आसार २७ गते बसेको ३२० औँ बैठकको निर्णयानुसार बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा श्री जनक शर्मा पौड्याललाई नियुक्त गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत पौड्यालले तत्कालिन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड) मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका थिए । उनले एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्ष कार्य गरे । त्यसपछि अध्ययनको लागि बेलायत गएका उनले त्यहाँको बार्कलेज् बैंकमा समेत करिब ४ वर्ष ६ महिना काम गरेका थिए ।

बेलायतबाट फर्के लगतै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरित रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत जिम्मेवारी सम्हालेका पौड्यालसँग ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक/अध्यक्ष भएको अनुभव समेत रहेको छ । उनले बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढि कार्य गरिसकेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]