August 22nd, 2019

राष्ट्रिय स्तरका विकास बैंकको नाफा : कुनले कति कमायो ?

बैंकिङ खबर । गत आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकहरुको खुद मुनाफा छ अर्ब १८ करोड भन्दा माथि पुगेको छ । विकास बैंकहरुको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को भन्दा ३२.८८ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय स्तरका ११ विकास बैंकको खुद मुनाफा चार अर्ब ६५ करोड रुपैयाँ थियो । कामना सेवा विकास बैंकबाहेक सबैको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । तुलनात्मक प्रगति हेर्दा, अघिल्लो आर्थिक वर्षको तुलनामा महालक्ष्मी विकास बैंकको नाफा वृद्धिदर धेरै रहेको छ । मुनाफा आर्जनका हिसाबले भने मुक्तिनाथ विकास बैंक अगाडी रहेको छ । सबैभन्दा कम नाफा कामना सेवाको छ ।

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले ८५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा ३६.९९ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ५८ करोड ६९ लाख रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई १९ प्रतिशत सम्म लाभांश दिन सक्ने देखिन्छ ।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले ८० करोड ७५ लाख मुनाफा आर्जन गरेको छ । बैंकको नाफा ७८.६० प्रतिशतले बढेको हो ।

गण्डकी विकास बैंक
गण्डकी विकास बैंकले ६० करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा २४.८७ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ४७ करोड ६३ लाख रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई १७ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

कैलाश विकास बैंक
कैलाश विकास बैंकले ६० करोड ५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा १९.६४ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई १८ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

ओम डेभलपमेन्ट बैंक
ओम डेभलपमेन्ट बैंकले ५९ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.८७ प्रतिशत बढी हो । बैंकको वितरणयोग्य नाफा भने ४५ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले १८ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने देखिन्छ ।

गरिमा विकास बैंक
गरिमा विकास बैंकले ५९ करोड २२ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा २६.३३ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ४५ करोड ३१ लाख १२ हजार रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले १६ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले ५५ करोड ७३ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा ७१.८० प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने २८ करोड ५१ लाख ९ हजार रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले करिब १३ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

ज्योति विकास बैंक
ज्योति विकास बैंकले ५० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा ४६.३४ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ४१ करोड ८५ लाख रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई १३ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

देवः विकास बैंक
देवः विकास बैंकले ३८ करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा २.७२ प्रतिशतले बढेको हो । बैंकको वितरणयोग्य मुनाफा भने ४७ करोड ६३ लाख रहेको छ । यस हिसाबले बैंकले लगानीकर्तालाई ८ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिन्छ ।

सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले ३५ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४.२४ प्रतिशत बढी हो । बैंकको वितरणयोग्य नाफा भने २६ करोड २१ लाख रुपैयाँ रहेको छ । यस हिसाबले बैंकले १० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले ३२ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्ललो आर्थिक वर्षको तुलनामा १३.१४ प्रतिशतले घटेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]