August 15th, 2019

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई एनबीआईले तालिम दिने

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात आ.ब. २०७६/०७७ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्ने छ ।

सम्झौताका क्रममा बोल्दै बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कर्मचारीहरुको दक्षता अभिबृद्धिबाट नै बैंकले दिगो प्रगति हासिल गर्न सक्ने बताए ।
त्यस्तै, एनबीआईका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बैंकिङ्ग क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक मार्गदर्शनको रुपमा रहेकोले बजारले नियालिरहेको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]