बैंकिङ खबर । विगत २२ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकद्धारा आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्वेश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको छ । उक्त योजना बैंकको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन गरीएको बैंकले जनाएको छ । जनमानसलाई सजिलो संग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरीएको बैंकले जानकारी दिएको हो ।
रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तीय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सक्छन् । रिकरिङ्ग निक्षेप योजना अन्र्तराष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवं पहिला देखी नै संचालनमा रहेको योजना रहेको र नेपालमा समेत केहि बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरीरहेको छन् ।