October 31st, 2019

नेपाल राष्ट्र बैंकमा रोजगारी : कसरी अप्लाई गर्ने ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ६७ जना कर्मचारी मागेको छ । २८ जना सहायक निर्देशक (अधिकृत तृतीय), ८ जना लेखा वा लेखापरीक्षणका लागि सहायक निर्देशक (अधिकृत तृतीय) र ३१ जना सहायक (सहायक द्धितीय) मागिएको छ । बैंकिङ करिअर बनाउने सोच भएकाहरुका लागि यो एकदमै राम्रो अपरचुनिटी हो ।

यही कात्तिक २८ गतेसम्म आवेदन दिने म्याद छ । आवेदन अनलाइनबाटै दिन सकिन्छ । राष्ट्र बैंकको वेभसाइटमा आवेदन फारम उपलब्ध छ । परीक्षा दस्तुर पनि मोबाइल वालेटबाटै बुझाउन सकिने व्यवस्था छ । ईसेवा, फोन पे, आरबीबी मोबाइल बैंकिङ र कनेक्ट आईपिएसमध्ये जुनसुकै माध्यमबाट पनि परीक्षा दस्तुर बुझाउन सकिन्छ । पहिले आवेदन फारम बुझाइसकेपछि परीक्षा दस्तु बुझाउनुपर्छ, जसपश्चात् तपाईँको आवेदन पूरा हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]