February 10th, 2019

वैदेशिक रोजगारबाट फर्केपछि व्यवसाय गर्न बैंक कर्जा पाइने, कृषि तथा पशुपन्छी कर्जा ५ करोड सम्म

बैंकिङ खबर। सरकारले वैदेशिक रोजगरीबाट फर्केका युवाहरुलाई उद्यमशील बनाउन उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋण कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ। विदेशमा कमाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च हुन थालेपछि सहुलियत पूर्ण ऋणलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो । 

युवाहरुले नेपालमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्रविधिक तथा व्यवसायिक कर्जा लगायतका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने योजना सरकारले बनाउन लागेको हो । 

कुन शिर्षकमा कति कर्जा?

व्यवसायको प्रकृति ऋण रकम
कृषि तथा पशुपन्छी कर्जा  ५ करोड
शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख
विदेशबात फर्केका युवापरियोजना कर्जा १० लाख
महिला उद्यमशील कर्जा १५ लाख
दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख
उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख
भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाख 

सरकारले माथि उल्लेखित सात वटा शिर्षकमा रहेका कर्जाको कार्यान्वयनका लागि योजना बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिने भएको हो । 

यस्तो छ सराकारी योजना
स्वरोजगार र रोजगार कर्यक्रम अन्तर्गत सीप प्रमाणीकरण गर्ने र आवश्यक परेपा प्राविधिक सहयोग गर्ने र व्यवसायका लागि सक्षम बनाउने काम समेत सरकारले गर्ने भएको छ । यसरी कुनै एउटा व्यवसाय गर्न राम्रो सीप भएका वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई कर्जा उपलब्ध गराई स्वरोजगार बनाउने योजना सरकारसँग छ । वैदेशिक रोजगार प्रवद्र्धन वोर्डको अग्रसरतामा सामुदायिक संस्थासँगको सहकार्ययमा यस्ता व्यवसायिक योजना सम्बन्धि तालिमहरु सञ्चालन गरिने छ र युवाहरुलाई स्वदेशमै काम गर्न उत्प्रेरित गरिने भएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]