January 22nd, 2019

कामना सेवा विकास बैंक र नेपाल रेमिटबीच सम्झौता

बैंकिङ खबर । कामना सेवा विकास बैंक र नेपाल रेमिट इटरनेशनलबीच विप्रेषण कारोबार सेवा प्रदान गर्ने सम्बिन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट डिपोजिट बैकिङ प्रमुख  सुवास भट्टराई र नेपाल रेमिटको तर्फबाट कार्यकारी निर्देशक सुमित मित्तलले हस्ताक्षर गरे

सम्झौता पश्चात बैंकका ग्राहकले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनलको विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

हाल बैंकले मुलुकभर ६३ वटा शाखा र १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]