January 21st, 2019

गुहेश्वरी मर्चेण्टको नाफामा सुधार, प्रतिसेयर आम्दानी समेत बढ्यो

बैंकिङ खबर। गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको चालू आर्थिक वर्षमा खुद मुनाफा बढेको छ । फाइनान्सको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकमा खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.६६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष ३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको फाइनान्सको यस बर्ष खुद नाफा ३ करोड ३४ लाख पुगेको हो ।

चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सको जगेडा कोषमा १५ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । फाइनान्सले तीन अर्ब २९ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९० करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

पुस मसान्तसम्म २३ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको फाइनान्सले १६ करोड १२ लाख रुपैयाँ ब्याज खर्च गर्दा ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष फाइनान्सको खुुद ब्याज आम्दानी ५ करोड ८६ लाख रुपैयाँ थियो ।

फाइनान्सको प्रतिसेयर आम्दानीमा पनि सुधार भएको छ । गत आवको दोस्रो त्रैमासमा ७ रुपैयाँ ६४ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमो ८ रुपैयाँ ३७ पैसा पुगेको हो । प्रतिसेयर नेटवर्थ १ सय १९ रुपैयाँ ९६ पैसा छ भने मूल्य आम्दानी अनुपात १५.५३ गुणा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]