January 21st, 2019

गुडविल फाइनान्सले ५.२६३ प्रतिशत लाभांश दिने

बैंकिङ खबर। गुडविल फाइनान्सले चैत १० गते वार्षिक साधारणसभा बस्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । साधारणसभाको लागि फाइनान्सले माघ २७ गतेदेखि १० गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । 

८० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले साधारणसभामा ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जुन ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ हुन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]