January 15th, 2019

नौ वटा बाणिज्य बैंकले सेयर ब्रोकर लाइसेन्स लिने

बैंकिङ खबर। सेयर बजार सुधारका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिने चर्चा नयाँ होइन् । तर पछिल्लो समय नेपाल धितोपत्र वोर्डले ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेपछि केहि बैंकहरुले साधारणसभामा विशेष प्रस्ताव लगेका हुन् । अहिलेसम्म साधारणसभा गर्ने १५ बैंक मध्ये ७ वटा बाणिज्य बैंकहरुले सेयर ब्रोकरको काम गर्न सहायक कम्पनी खोल्ने प्रस्ताव पारित गरिसकेका छन् । बैंक अफ काठमाडौंले पनि माघ १७ गते बस्ने साधारणसभामा विशेष प्रस्ताव लैजाने निर्णय गरेको छ । एनआइसी एसियाले साधारणसभामा प्रस्ताव नलगेपनि लाइसेन्सको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिइसकेको छ । 

नेपाल बंगलादेश बैंक, सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, जनता बैंक, सानिमा बैंक, मेगा बैंक, माछापुच्छ्रे  बैंकले सहायक कम्पनी मार्फत धितोपत्र ब्यवसायी (सेयर ब्रोकर)को काम गर्ने सम्बन्धि कार्य गर्न प्रवन्धपत्र संसोधन गर्ने सहितको विशेष प्रस्ताव पारित गरिसकेका हुन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुलाई सहायक कम्पनी स्थापना गरि सेयर ब्रोकरको काम गर्ने व्यवस्था गरिसकेको छ । राष्ट्र बैंकको स्वीकृत पछि बैंकहरुले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आवेदन दिन सक्ने छन् । नेप्सेले प्रकृया पुरा गरेका संगठित संस्थाका सहयाक कम्पनीलाई प्रारम्भिक अनुमति दिन्छ । त्यसपछि नेपाल धितोपत्र वोर्डले अन्तिम स्वीकृति दिन सक्ने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]