January 13th, 2019

तीन अर्बको ट्रेजरी बिल विक्री गरिँदै

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । माघ १ गते मंगलबार जारी गर्ने ट्रेजरी बिलको बोलकबोल सोमबार दिउसो २ बजे हुने बताइएको छ । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी वैशाख ३ गते परिपक्व हुनेछ । 

प्रस्तावित कुल रकमको १५ प्रतिशत अप्रतिष्पर्धात्मक बोलकबोलकर्ताका लागि छुट्याइएको छ ।  https://obss.nrb.org.np/pd/ मा गएर बोलपत्र पेश गर्न सकिनेछ ।    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]