January 9th, 2019

नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्स बीच पुनर्बीमा सम्झौता 

बैंकिङ खबर । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बीच पुनर्बीमा सम्झौता भएको छ । दुई कम्पनीबीच नेपाल सरकारले चालु आर्थिक वर्ष२०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता भएको हो ।

बुधबार आयोजित एक कार्यक्रमका बीच पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । 

उक्त व्यवस्थाले चालु आर्थिक वर्षको आरम्भदेखि नै पुनर्बीमा हुने भएको छ । यसबाट दुवै कम्पनी लाभदायी हुने विश्वास लिइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]