January 2nd, 2019

स्वदेशी उत्पादनलाई प्राथमिकता दिन गभर्नर डा. नेपालको आग्रह

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले स्वदेशी उद्योगका उत्पादनहरुलाई प्राथमिकतामा राख्नको लागि पहल गर्नुपर्ने बताएका छन् । नेपाल फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनले प्रर्दशनीस्थल भृकुटीमण्डपमा आयोजना गरेको औद्योगीक प्रर्दशनीको अवलोकन गर्दै नेपालले स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासले मात्र देशको समृद्धि हुने बताए । 
 
स्वदेशी उत्पादनको प्रवद्र्धनको लागि प्रर्दशनीले सहयोग गर्ने भन्दै उनले यस्तो खालको प्रर्दशनीलाई निरन्तरता दिन आग्रह गरे । उपभोक्ताले पनि स्वदोशी उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]