December 20th, 2018

राष्ट्र बैंकको दवावमा व्याजदरको नयाँ सीमा तोकियो

बैंकिङ खबर । वाणिज्य बैंकहरुबीच व्याजदरमा नयाँ सहमति कायम भएको छ।  राष्ट्र बैंकको पहलमा वाणिज्य बैंकहरुबीच मुद्दती तथा बचत खातामा नयाँ सीमा तोकिएको हो। 

जसअनुसार अब बैंकहरुले बचत खातामा अधिकतम साढे ६ प्रतिशत मात्रै व्याज दिने छन्। त्यस्तै व्यक्तिगत मुद्दतीमा ९. २५ तथा संस्थागत मुद्दतीमा साढे ८ प्रतिशत दिनेगरी राष्ट्र बैंकले सहमति गराएको छ। 

बैंकर्स संघले यसअघि बचतमा ७ प्रतिशत तथा संस्थागत मुद्दतीमा ९ र व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशतको सीमा तोकेको थियो। प्रतिशतको उच्चतम सीमा तोकेको थियो। 

मंसिर १८ गते बसेको संघको बैठकले व्यक्तिगत मुद्दतीमा १० प्रतिशतको सीमा हटाएसँगै विभिन्न बैंकहरुले १३ प्रतिशतसम्मको व्याजदर दिनेगरी सार्वजनिक सूचना जारी गरेका थिए।  

बुधबार मात्रै मुद्रा तथा पुँजी बजार समितिले मुद्रास्फितिसँग तुलना गरेर बचत तथा निक्षेपको व्याजदरलाई समयसापेक्ष गराउनुपर्ने सुझाव दिएको थियो। निक्षेपको व्याजदर नियन्त्रण हुँदा कर्जाको व्याज समेत बढ्न नपाउने समितिको ठहर छ। 

समितिको सो सुझावअनुरुप व्याजदरलाई कायम राख्न अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकलाई निर्देशन दिएअनुरुप राष्ट्र बैंककै पहलमा बिहीबार बैंकर्स संघसँग छलफल भएको हो। 

त्यस्तै प्राथमिकताप्राप्त क्षेत्रमा जाने कर्जामा आधार व्याजदरको अधिकतम २ प्रतिशत मात्रै कायम राख्नेगरी समितिले सुझाव दिएको छ। सो सुझावलाई राष्ट्र बैंकले केही दिनमा बैंकहरुलाई निर्देशन दिने भएको छ।  कृषि, पर्यटन र उर्जा क्षेत्रलाई प्राथमिकताप्राप्त क्षेत्रका रुपमा लिइँदै आएको छ। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]