December 19th, 2018

प्राइम लाइफ इन्स्योरेन्सद्धारा अन्तक्रिया कार्यक्रम सम्पन्न

बैंकिङ खबर । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै, कम्पनिका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले कम्पनिको पछिल्लो अवस्था र भावी कार्य योजनाको बारेमा जानकारी दिदै हरेक बर्ष नयाँ बीमा योजना ल्याउने र कम्पनिले फरक ढंगले कार्य गरी सर्बोत्कृष्ट कम्पनि बनाउने र यसैलाइ निरन्तरता दिने बताए ।

उक्त अन्तरक्रिया कार्यक्रमको प्रशिक्षण मार्केटिङ विभागका प्रमुखले गरेका थिए । साथै उपस्थित संग अन्तक्रिया गरी आगामी दिनमा अगाडि बढ्न र कम्पनिको व्यवसाय बृदि गर्न अब्बल भएर आ—आफ्नो स्थान बाट लाग्नुपर्ने बताए । 

कार्यक्रममा प्रमुख अतिथि कम्पनिका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ विशिष्ट अतिथिहरु सुचना प्रविधि तथा प्रशासन विभाग प्रमुख मन्दिल अधिकारी र मार्केटिङ विभाग प्रमुख नविन थापा, अतिथि कम्पनिका ५ नं. प्रदेश प्रमुख शिव पौडेल लगाएत रहेका थिए ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]