December 11th, 2018

शक्तिकान्त दाश बने आरबीआईका २५औँ गभर्नर

बैंकिङ खबर । भारतको केन्द्रीय बैंक भारतीय रिजर्व बैंकको गभर्नरमा शक्तिकान्त दाश नियुक्त भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आरबीआईका २५औँ गभर्नरका रुपमा दाशलाई नियुक्त गरेका हुन् । उर्जित पटेलले नौ महिना कार्यकाल बाँकी रहँदै व्यक्तिगत कारण देखाएर राजीनामा गरेपछि मोदी सरकारले दाशलाई ल्याएको हो । 

दाश सन् २०१५ देखि ०१७सम्म अर्थसचिव थिए। मोदी सरकारले सन् २०१६मा गरेको नोटवन्दीको योजना बनाउन दाशले महत्वपूर्ण भूमिका निभाएका थिए। उनी १५औं वित्त आयोगका सदस्य समेत हुन्। 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]