November 23rd, 2018

खराब कर्जा न्युनिकरण गर्दै राष्ट्रिय स्तरका विकास बैंकहरु

बैंकिङ खबर । संचालनमा रहेका ११ वटै राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । ११ वटा बैंक मध्ये ९ वटा बैंकको गत बर्षको सोहि अवधिको तुलनामा खराब कर्जा घटेको देखिन्छ भने २ वटा बैंकको खराब कर्जा बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकले ५ प्रतिशतको नजिक खराब कर्जा पुगेका बैंकहरुलाई विशेष निगरानी गर्ने गर्दछ । हेर्नुहोस् कुन बैंकको खराब कर्जा कति ?

९ बैंकको खराब कर्जा घट्यो
मुक्तिनाथ विकास बैंक 

मुक्तिनाथ विकास बैंकको खराब कर्जा घटेको छ । गत आर्थिक बर्षको असोज मसान्तमा ०.०३ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर चालु आर्थिक बर्षको असोज मसान्तमा ०.०२ प्रतिशतमा झरेको छ ।

गरीमा विकास बैंक 
गरीमा विकास बैंकको खराब कर्जा पनि घटेको छ । २०७४ असोज मसान्तमा १.०२ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर २०७५ असोज मसान्तमा ०.८४ प्रतिशतमा सिमित भएको  छ ।

महालक्ष्मी विकास बैंक
चालु आर्थिक बर्षको असोज मसान्तमा महालक्ष्मी विकास बैंकको खराब कर्जा ३.३९ प्रतिशत रहेको छ । गत असोजमा ३.५५ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेको हो ।

गण्डकी विकास बैंक
गण्डकी विकास बैंकको पनि खराब कर्जा घटेको छ । गत आर्थिक बर्षको असोजमा १.४० प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक बर्षको असोजमा घटेर ०.४६ प्रतिशतमा झरेको छ ।

ज्योति विकास बैंक
चालु आर्थिक मसान्तको प्रथम त्रैमासमा ज्योति विकास बैंकको खराब कर्जा ०.३९ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ०.८२ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेको हो ।

कैलाश विकास बैंक
कैलाश विकास बैंकले खराब कर्जा घटाएको छ । चालु आर्थिक बर्षको असोजमा बैंकको खराब कर्जा प्रतिशत ०.३० रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको खराब कर्जा  ०.९१ प्रतिशत रहेको थियो ।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले पनि खराब कर्जा घटाएको छ । गत आर्थिक बर्षको असोजमा २.११ प्रतिशत रहेको बैंकको खराब कर्जा समिक्षा अवधिमा घटेर १.७१ प्रतिशत रहेको छ ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले पनि खराब कर्जामा सुधार गरेको छ । गत आर्थिक बर्षको असोजमा ३.१६ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक बर्षको असोजमा २.८६ प्रतिशतमा झरेको छ ।

ओम डेभलपमेन्ट बैंक
ओम डेभलपमेन्ट बैंकको खराब कर्जा घटेको छ । चालु आर्थिक बर्षको असोजमा सन्राइज बैंकको खराब कर्जा १.५८ प्रतिशत रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको खराब कर्जा  १.९७ प्रतिशत रहेको थियो । 

२ बैंकको खराब कर्जामा बृद्धि
सांग्रीला डेभलपमेन्ट बैंक

चालु आर्थिक मसान्तको प्रथम त्रैमासमा सांग्रीला डेभलपमेन्ट बैंकको खराब कर्जा २.४० प्रतिशत रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ०.९८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेको हो । 

देबः विकास बैंक
देबः विकास बैंकको खराब कर्जामा बृद्धि भएको छ । गत आर्थिक बर्षको असोजमा १.७९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर चालु आर्थिक बर्षको असोजमा २.०९ प्रतिशत पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]