November 22nd, 2018

११ विकास बैंकको मुनाफा : तीन महिनामा अर्ब नजिक

बैंकिङ खबर । संचालनमा रहेका ११ वटै राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक बर्ष २०७५।७६ को पहिलो तीन महिनाको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । ११ वटा विकास बैंकले तीन महिनाको अवधिमा कुल दुई खर्ब ४४ अर्ब २१ करोड ८२ लाख छ हजार निक्षेप संकलन गरेका छन् भने एक खर्ब ८३ अर्ब ३८ करोड ३३ लाख ८२ हजार कर्जा परिचालन गरेका छन् । उक्त अवधिमा बैंकहरुले कुल ९० करोड २८ लाख ७३ हजार खुद मुनाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकहरुको खुद मुनाफा ५५ करोड १५ लाख पाँच हजार मात्र रहेको थियो भने निक्षेप र कर्जा क्रमशः दुई खर्ब १५ अर्ब ४८ करोड ७९ लाख ४६ हजार र एक खर्ब ५७ अर्ब ९३ करोड २९ लाख ३९ हजार रहेको थियो । समिक्षा अवधिमा ११ वटा मध्ये १० वटा बैंकको मुनाफामा बृद्धि भएको छ भने एउटा बैंकको मुनाफा घटेको छ । 

मुक्तिनाथ विकास बैंक कर्जा, निक्षेप र मुनाफामा सबैभन्दा अगाडी
मुक्तिनाथ विकास बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २० करोड तीन लाख ७८ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आर्थिक बर्षको सोहि अवधिमा १३ करोड ५४ लाख ४७ हजार मात्र मुनाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ३३ अर्ब २५ करोड ६९ लाख ८७ हजार निक्षेप संकलन गरी २८ अर्ब ८५ करोड दुई लाख ४७ हजार कर्जा परीचालन गरेको छ । गत बर्षको सोहि अवधिमा बैंकको निक्षेप १९ अर्ब ५४ करोड २६ लाख १४ हजार रहेको थियो भने कर्जा परिचालन १६ अर्ब ८० करोड ७६ लाख एक हजार रहेको थियो ।

१० बैंकको मुनाफामा बृद्धि
११ वटा राष्ट्रिय स्तरका विकास बैंकमध्ये १० वटा विकास बैंकको मुनाफामा बृद्धि भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको खुद मुनाफा भने गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा घटेको छ । बढि मुनाफा कमाउने बैंकहरुमा क्रमशः मुक्तिनाथ विकास बैंक, कैलाश विकास बैंक, महालक्ष्मी विकास बैंक,गण्डकी विकास बैंक, गरीमा विकास बैंक, ओम डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, देबः विकास बैंक सांग्रीला विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।

निक्षेप तथा कर्जा लगानी 
निक्षेप संकलनमा पनि मुक्तिनाथ विकास बैंक नै अगाडी रहेको छ भने त्यसलाई पछ्याउँदै क्रमशः महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंक, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ओम डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र देवः विकास बैंक रहेका छन् । त्यस्तै कर्जातर्फ पनि मुक्तिनाथ विकास बैंक नै अगाडी रहेको छ । अन्य बैंकमा धेरै कर्जा लगानी गर्नेमा क्रमशः महालक्ष्मी विकास बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक, गरीमा विकास बैंक, लुम्बिनी विकास बैंक, ओम डेभलपमेन्ट बैंक, ज्योति विका बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, देबः विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]