September 14th, 2018

नेपालमा शाखा खोल्न किन चाहँदैनन् विदेशी बैंक ?

बैंकिङ खबर । नेपालमा विदेशी बैंकहरुले शाखा कार्यलय खोल्न पाउने ब्यवस्था नेपाल राष्ट्र बैंकले गरिसकेको छ । २००३ मा नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र बन्दा गरेको प्रतिवद्धता अनुसार २०१० मा विदेशी बैंकले नेपालमा शाखा स्थापना गर्न सक्ने ब्यवस्था गरिसकेको भएपनि हालसम्म कुनै विदेशी बैंकहरुले  नेपालमा शाखा कार्यलय स्थापना गरेका छैनन् । नेपालको राजनीतिक अस्थिरता तथा लगानीयोग्य वातावरण अभाव जस्ता कारणहरुले विदेशी बैंकहरुले नेपालमा शाखा कार्यलय स्थापना गर्न इच्छा देखाइरहेका छैनन् । 

केपी शर्मा ओली पहिलो पटक प्रधामन्त्री हुँदा चिन भ्रमणमा गएको बेला चिनियाँ बैंकले नेपालमा शाखा स्थापना गर्ने विषयमा सम्झौता हुने भनिएको भए पनि यस विषयमा हालसम्म केहि प्रगति हुन भने सकेको छैन । हालसम्म नेपालमा शाखा खोल्न भनेर कुनै पनि विदेशी बैंकले प्रक्रिया अगाडी नबढाएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेल बताउँछन् । 

सानो आकारको अर्थतन्त्र भएकै बैंकहरुलाई पनि पर्याप्त बजार अथवा विजनेसको आकार नहुनु, समय समयमा लगानीयोग्य पुँजीको अभाव भइरहनु जस्ता कारणले गर्दा पनि नेपालमा विदेशी बैंकहरुले शाखा स्थापनामा चासो नदेखाएको बैंकिङ विज्ञहरुले बताउने गरेका छन् । विदेशी बैंकहरुले ठुलो मार्केट, लगानीको क्षेत्र, लगानीको वातावरण जस्ता कुरामा विचार गरेर मात्र शाखा खोल्ने हुनाले जबसम्म नेपालमा लगानीको उपयूक्त वातावरण बन्दैन तबसम्म विदेशी बैंकले नेपालमा शाखा खोल्ने सम्भावना न्यून रहेका विज्ञहरुको तर्क छ ।

नेपालमा विदेशी बैंकले शाखा खोल्न के छ ब्यवस्था
विदेशी बैंकले नेपालमा शाखा खोल्न न्यूनतम ३ करोड अमेरिकी डलर पुँजी  आवश्यक पर्नेछ । त्यसबाहेक प्रत्येक नयाँ शाखा खोल्न ५० लाख अमेरिकी डलर आवश्यक पर्नेछ । विदेशी बैंकले आफ्नो मुलुकको केन्द्रीय बैंक वा इजाजत प्रदान गर्ने निकायको स्वीकृतिपत्र तथा एकीकृत रूपमा नियमन र सुपरिवेक्षण गरिने बेहोराको पत्र राष्ट्र बैंकलाई पेस गर्नुपर्ने हुन्छ । यसैगरी अन्तर्राष्ट्रिय स्तरको शाख मापक कम्पनीबाट तीन वर्षदेखि राष्ट्र बैंकका अनुसार विदेशी बैंक तथा वित्तीय संस्थाले थोक बैंकिङ कारोबार मात्र गर्न पाउनेछन् । विदेशी बैंकले कम्पनीको प्रत्येक निक्षेप १० करोड रुपैयाँ र कर्जा ३० करोड रुपैयाभन्दा कम नहुने गरी कारोबार गर्नुपर्ने छ । विदेशी बैंकका शाखा कार्यालयहरूको सम्पूर्ण कारोबारहरूको नियमन र सुपरिवेक्षण गर्ने अधिकार नेपाल राष्ट्र बैंक सुपरिवेक्षण गर्ने निकायमा रहनेछ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशन, परिपत्र, मार्गदर्शन विदेशी बैंक वा वित्तीय संस्थाका शाखा कार्यालयलाई समेत लागू हुनेछ । नेपालमा शाखा संचालन गरेर प्राप्त मुनाफामध्येबाट प्रचलित कानुनी व्यवस्था बमोजिम कर, शुल्क र अन्य कुनै दायित्व भए सो तिरी आफ्नो केन्द्रीय कार्यालय भएको देशमा लैजान चाहेमा राष्ट्र बैंकबाट स्वीकृति लिएर लैजान पाउने व्यवस्था पनि गरिएको छ ।    

दुई विदेशी बैंकको सम्पर्क कार्यलय नेपालमा
नेपालमा विदेशी बैंकले शादा स्थापना नगरेको भए तापनि २ वटा विदेशी बैंकको सम्पर्क कार्यलय भने स्थापना गरेका छन् । कतारको दोहा बैंक र यूएईको मस्टेक बैंकले भने काठमाडांमा सम्पर्क कार्यलय स्थापना गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]