April 13th, 2016

सुरु भयो २०७३ साल : के छन् त बैंकर्सहरुका योजना ?

economic(आज) बुधबारबाट २०७३ साल शुभारम्भ भएको छ । बैंकिङ क्षेत्रका हस्तिहरुले यो वर्ष बैंकिङ क्षेत्रमार्फत मुलुकमा उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गरी मुलुकको अर्थतन्त्रलाई उकास्न भुमिका खेल्ने योजना रहेको बताएका छन् । विभिन्न बैंकर्सहरुको यो वर्षको योजना के रहेछ त ? भन्ने विषयमा बैँकिङ खबर डट कमले बैँकिङ क्षेत्रका केही हस्तीहरुसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उहाँहरुको भनाइ जस्ताको तस्तै :

वित्तिय क्षेत्रलाई सबैको पहुँचमा पुर्याउने प्रयासलाई निरन्तरता
चिन्तामणी शिवाकोटी (डेपुटी गर्भनर)
chintamani२०७२ साल नेपाली जनताको लागि धेरै दुःखद रह्यो । देशको अर्थतन्त्रमा ठूलो चोट लागेको छ । आगामी बर्ष नेपालीहरुको लागि सुखद बनोस् । वित्तिय पहुँच विस्तार होस् । यसलाई सहयोग मिल्ने गरी राष्ट्र बैंकले २०७३ सालमा वित्तीय क्षेत्रलाई सबैको पहुँचमा पु¥याउने योजना अघि सारेको छ । त्यस्तै कमर्सियल बैंकहरुलाई सक्षम बनाउनको लागि विभिन्न योजनाहरु ल्याएको छ । ती योजनाले प्राथमिकता पाउनेछन् । साथै सरकारले पनि आर्थिक वृद्धिदर बढाउने योजना ल्याएको छ । त्यसको लागि राष्ट्र बैंकले सहयोगिको भूमिका निर्वाह गर्नेछ । 

 

 

राष्ट्र बैंकको इमेज अझै उच्च बनाउँछौँ 
शिवराज श्रेष्ठ (डेपुटी गर्भनर)
shivarajहामीले राष्ट्र बैंकको इमेज अझै उच्च बनाउन जरुरी छ । बर्ष ०७२ मा जस्तो भएतापनि ०७३ मा राम्रो गरौं भन्ने मेरो मान्यता हो । अग्रजहरुले गरेको भन्दा अझै राम्रो काम गरौं । त्यसको साथसाथै आर्थिक विकासमा योगदान दिने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने, बैंकप्रति जनताको विश्वास बढाउने, अन्तर्राष्ट्रिय स्तरको नियमन प्रणालीको विकास गराउने वातावरण सिर्जना गर्ने नै बर्ष ०७३ को योजना छ । 

 

 

 

 

 

पारदर्शीताको प्रण 
उपेन्द्र पौडेल (अध्यक्ष, नेपाल बैंकर्स संघ एवं सीईओ, एनएमबी बैंक)
upendra poudel२०७२ सालमा भूकम्प, भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारणले देशको अर्थतन्त्रमा ठूलै धक्का लाग्यो । यसको दिर्घकालीन असर बैंकिङ क्षेत्रमा पनि पर्ने देखिन्छ । ०७३ सालमा हामीले बैंकहरुको सेवालाई थप पारदर्शी बनाएर सबैको पहुँचमा बैंकिङ सेवा प्रवाह गर्नेछौँ ।  नेपालका अन्य संस्थाहरुको तुलनामा बैंकिङ क्षेत्र पारदर्शी मानिन्छ र यो क्षेत्र पारदर्शी हुन जरुरी पनि छ । बैंकिङ क्षेत्रको पारदर्शीतामा यो वर्ष पनि ध्यान पुर्याउने छाँै । अघिल्लो वर्षकोभन्दा अझै नयाँ र सुदृढ कार्यक्रमहरुमार्फत बैंकलाई अगाडी बढाउनेछौँ ।

 

 

 

 

बैंक क्षेत्रलाई चुस्त र दुरुस्त बनाउँछौँ
कृष्णराज लामिछाने (अध्यक्ष, विकास बैंकर्स संघ)
krishna rajनेपालमा बैंकहरुको संख्या बढ्दै गएतापनि सबै मानिसहरुले बैंकिङ सेवा लिन पाएका छैनन् । यो बर्ष हामी बैंक क्षेत्रलाई थप प्रभावकारी बनाउने, सेवालाई चुस्त र दुरुस्त बनाउने, बैंकको सुशासन व्यवस्थालाई कडा बनाउनेपट्टि केन्द्रित रहनेछौँ । यसबाहेक बार्षिक कार्ययोजनाहरुलाई प्रभावकारी बनाएर अघि बढ्ने हाम्रो लक्ष्य छ । 

 

 

 

 

 

उत्पादनशील क्षेत्रमा लगानी बढाउँछौँ 
नारायणदास मानन्धर (सिईओ, प्राइम कमर्सियल बैंक)
narayan dasयो बर्ष हामीले बैंकको लगानी कृषि क्षेत्रमा बढाउने र्छौँ । त्यस्तै देशको अर्थतन्त्र र न्यून आय स्तर भएका मानिसहरुको जीवन स्तर उकास्ने क्षेत्रमा लगानी गर्ने हाम्रो प्रयास रहनेछ । देशको अर्थतन्त्रमा ०७२ सालको ठूलो असर परेको छ । त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा परेको छ । त्यसैले ०७३ सालमा बैंकको पुँजीलाई वृद्धि गर्ने र उत्पादनशील क्षेत्रमा लगानी गरि देशको अर्थतन्त्रलाई बौराउने हाम्रो प्रयास यो वर्ष विशेष रहनेछ । 

 

 

 

 

 

वित्तीय पहुँच विस्तार गर्छौँ
अशोक शेरचन (सिईओ, प्रभु बैंक) 
ashok sherchan२०७३ सालमा बैंकिङ सेवा थप प्रभावकारी बनाउने योजना छ ।  नेपालमा बैंकिङ क्षेत्र सबै बर्ग र समुदायमा पुग्न सकेको छैनन् । त्यसकारण हामीले ०७३ सालमा बैँकिङ क्षेत्रमा आम मानिसको पहुँच वृद्धि गर्ने, पुँजी वृद्धि गर्ने लक्ष्य राखेका छौँ । त्यस्तै उत्पादनशील क्षेत्रमा लगानी गर्नु पनि यो वर्षभित्र हामीले गर्नैपर्ने काम रहेको छ । 

 

 

 

 

 

बैंकिङ क्षेत्रलाई सेवामुखी बनाउँछौँ 
लिला प्रकाश सिटौला (सिईओ कृषि विकास बैंक)
lila prakash sitaula 1०७३ सालमा बैंकिङ क्षेत्रलाई अझै पारदर्शी बनाउनको लागि सबै बैंकहरुले सरकारी नीति तथा नियमको निर्दिष्ट पालना गर्नुपर्छ । हालै मात्र ०७३ सालमा कृषि विकास बैंकले आफ्ना गतिविधिहरु नयाँ ढंगवाट सञ्चालन गर्नको लागि आधारशीला पनि तयार पारेको छ । यसको अलवा यो बर्ष सामाजिक अभिमुखीकरण र जनअपेक्षालाई आधार मानेर बैंकिङ कार्य सञ्चालन गर्ने लक्ष्य राखेको कृषि विकास बैँकले लिएको छ ।

 

 

 

 

 

देशकै उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेछौँ 
किरण कुमार श्रेष्ठ (सिईओ राष्ट्रिय वाणिज्य बैंक)
kiran shresthaवाणिज्य बैंकले यो वर्षको लागि आफ्ना निर्धारित योजनाहरु अघि सारेको छ । नयाँ वर्षसँगै नयाँ कार्यक्रमको लागि नयाँ बजेट निर्माण गरेका छौँ । हामीले ती योजना अनुसार नै बैंकका कार्यक्रमहरु अघि बढाउँछौँ । त्यसबाहेक आवश्यक पर्ने श्रोतहरु जुटाउँदै कार्यलाई तदारुकताका साथ अघि बढाउन हामी सक्षम छौँ  । वाणिज्य बैंकलाई विगतमा भएका कमि तथा कमजोरीलाई सुधारिँदै यो वर्ष देशकै उत्कृष्ट बैंकको रुपमा स्थापित गर्ने लक्ष्य छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]