February 23rd, 2017

प्रभु इन्स्योरेन्सले पायो हकप्रद सेयर जारी गर्ने अनुमति

प्रभु इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । कम्पनीलाई बोर्डले विहीबार (फागुन १२ गते) हकप्रद निष्काशन गर्ने अनुमति दिएको हो । 

गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस सेयर वितरण गरेको कम्पनीले बोनस बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय २१ औँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ । प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार नौ सय रुपेयाँ बराबरको १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर जारी गर्नेछ । 

हाल प्रभु इन्स्योरेन्सको चुक्तापुँजी ३८ करोड ५० लाख १५ हजार रुपैंया रहेको छ । हकप्रद निष्काशनपछि  कम्पनीको चुक्तापुँजी ५७ करोड ७५ लाख ५२ हजार रुपैंया पुग्नेछ ।


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]