August 3rd, 2016

राष्ट्र बैंकले जारी गर्यो १० अर्बको रिभर्स रिपो

nepal-rastra-bankनेपाल राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता खिच्ने उद्देश्यले केन्द्रीय बैंकले बोलकबोलमार्पत सात दिने अवधिको रिभर्स रिपो जारी गरेको हो । जसअनुसार साउन २६ गते रिभर्स रिपो परिपक्व हुने राष्ट्र बैैंकले जनाएको छ । बोलकबोलमा परेको सबैभन्दा कम व्याजदरलाई आधार मानेर व्याजदर निर्धारण गरिने छ ।

असारको अन्तिममा सरकारी विकासखर्च अत्याधिक बढेकाले बजारमा तरलता बढेको छ । असार अन्तिम सातामात्रै साढे ४७ अर्ब रुपैयाँ सरकारी विकास खर्च भएको छ । गत आर्थिक वर्षभरीमा राष्ट्र बैंकले पटक–पटक गरी साढे ५ खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

बुधबार जारी गरेको रिपो चालू आर्थिक वर्ष २०७३/०७४ को तेश्रो रिपो हो । यसअघि केन्द्रीय बैंकले साउन ५ गते दश करोड तथा साउन १२ गते दश अरब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]