July 26th, 2016

१५ अर्बमा झर्यो एफडीआई, भारतको लगानी सबैभन्दा धेरै 

foreign-investment-2गत आर्थिक वर्षमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ७८ प्रतिशतले घटेको छ । उद्योग विभागका अनुसार, आर्थिक वर्ष ०७२/७३ मा १५ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ । उद्योग विभागका अनुसार गत आवमा साना, मझौला तथा ठूला गरी ३ सय ४१ परियोजनाका लागि ४३ देशबाट यस्तो प्रतिबद्धता आएको हो । विभागमा दर्ता भएका यी परियोजनाहरू सञ्चालनमा आएमा ११ हजार ४ सय २६ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । पछिल्लो पाँच वर्षमध्ये आव ०७१/७२ मा सबैभन्दा धेरै एफडीआई प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षमा ६७ अर्ब रुपैयाँको एफडीआई भित्रिएको थियो । 

विभागमा २ अर्बभन्दा कम लगानीका उद्योग मात्रै सञ्चालन हुने गरेका छन् । २ देखि १० अर्ब रुपैयाँ औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा माथिका लगानी बोर्डमार्फत भित्रने गरेको छ । सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, ऊर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन गरी सात विधामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ ।

कुन देशको लगानी कति ?
नेपालमा वैदेशिक लगानी प्रवाह गर्ने मुलुकमध्ये सँधै पहिलो स्थानमा रहँदै आएको भारतको स्थान पछिल्ला २ वर्षमा भने गिर्दो क्रममा छ । गत वर्षजस्तै यो वर्ष पनि पहिलो स्थानमा चीन छ भने दोस्रो स्थान भारतलाई उछिन्दै बेलायतले प्राप्त गरेको छ । चीनले ६ अर्ब २१ तथा बेलायतले २ अर्ब र भारतले १ अर्ब ९४ करोडको लगानी प्रतिबद्धता गरेको छ । गत वर्ष नेपालमा ४३ देशबाट एफडीआईको प्रतिबद्धता प्राप्त भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]