July 20th, 2016

युरोकपको प्रभाव : यसरी बढ्यो बेलायतको मुद्रास्फीति

European Currency - Europδische Wδhrungसन् २०१६ को जुन महीनामा बेलायतको मुद्रास्फीतिमा अनपेक्षित वृद्घि भएको एक तथ्याङ्कले देखाएको छ । फ्रान्समा हालै सम्पन्न भएको यूरो कप हेर्न यात्रु त्यतातिर गएको र यसले हवाई उडान तथा भाडादरमा वृद्घि हुँदा मुद्रास्फीतिले अनपेक्षित वृद्घि हासिल गरेको होे । अफिस फर नेशनल स्ट्याटिष्टिक्स (ओएन्एस्)ले बताएअनुसार गत महीना बेलायतको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ५ प्रतिशतले बढेको छ ।

उता, अर्थ्विद्हरूले भने शून्य दशमलव ४ प्रतिशत वृद्घिको अनुमान गरेका थिए । यो तथ्याङ्क बेलायतले यूरोपेली सङ्घ छोड्ने नतीजा आएको जुन २३ को जनमत सङ्ग्रहभन्दा अगाडि नै लिइएको थियो । जनमत सङ्ग्रहपछि बेलायती मुद्रा पाउण्डको भाउमा उच्च कमी आएको थियो भने बेलायतले आयातित वस्तुलाई बढी मूल्य तिर्नुपर्ने हुँदा यसले मुद्रास्फीतिमा पनि उच्च वृद्घि हुने अनुमानले वल पाएको थियो ।

बेलायतको मुद्रास्फीति साढे २ वर्षयता केन्द्रीय बैङ्कको लक्षित २ प्रतिशतभन्दा कम नै रहेको छ भने गत वर्ष यो शून्य थियो । गत वर्षको मुद्रास्फीतिको स्तर सन् १९५० यताकै न्यून हो । यूरो च्याम्पियनशिपका कारण यूरोपेली हवाई उडानको लागत बढ्नु नै गत महीना मुद्रास्फीति बढ्नुको प्रमुख कारण रहेको बताइएको छ । मे र जुनबीचमा हवाई उडानको लागत १० दशमलव ९ प्रतिशतले बढेको थियो । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]