June 30th, 2016

भारतीय कर्मचारीहरुको तलब २३ प्रतिशतले बढ्यो, २ लाख नेपालीलाई फाइदा

icभारतले कर्मचारीहरुको तलब ठूलो मात्रा बढाएको छ । भारत सरकारले ५० लाख कर्मचारीको तलव तथा ५८ लाख पेन्सनरको पेन्सन बढाएको हो । भारतमा केन्द्र सरकारले लागू गरेको सातौं वेतन आयोगको सिफारिशका कारण कर्मचारीको तलब बढेको बताइएको छ । बुधवार बसेको भारतको क्याविनेट बैठकले आयोगको सिफारिश लागू गर्ने घोषणा गरेको हो । यसले कर्मचारीको तलव २३ प्रतिशत तथा पेन्सनरको पेन्सनमा २४ प्रतिशतले वृद्धि भएको छ । वृद्धिसँगै भारतमा कर्मचारीको न्युनत्तम तलब १८ हजार भारु(२८ हजार ८ सय नेपाली रुपैयाँ) पुगेको छ । त्यसैगरी सबैभन्दा बढी तलव खाने क्याविनेट सक्रेटरीको तलब २ लाख २५ हजार भारु(तीन लाख ६० हजार नेपाली रुपैयाँ) पुगेको छ । यस अघि क्याविनेट सेक्रेटरीको तलब जम्मा ९० हजार भारु मात्रै थियो । 

नेपालीलाई पनि फाइदा
तलवको वृद्धिबाट साढे दुई लाख नेपाली लाभान्वित हुनेछन् । नेपालमा भारतीय सेनाबाट अवकाश पाएका झण्डै डेढ लाख पेन्सनर छन् भने भारतीय सेनामा ५० हजार नेपालीले काम गरिरहेका छन् । नेपालमा भारतले पेन्सनवापत वार्षिक २५ अर्व रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ । बढेको पेन्सन २०१६ जनवरी १ देखि नै लागू हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]