June 8th, 2016

सक्षमले माग्यो ३ कर्मचारी, यसरी दिनुस् आवेदन

sakshyamसक्षम एक्सेस टु फाइनान्स प्रोग्राममा छुट्टाछुट्टै पदमा ३ जनाका लागि जागिर खुलेको छ । सक्षमले इन्टर्नसिप, प्रोग्राम कोअर्डिनेटर र फाइनान्स एण्ड एडमिनिस्ट्रेसन मेनेजर पदका लागि १/१ जना कर्मचारीका लागि दर्खास्त आह्वान गरेको हो । 

इन्टर्नसिपमा आवेदन दिन चाहने व्यक्तिले कम्तीमा ग्रयाजुएसन गरेको हुनुपर्नेछ । ८ देखि १२ हप्ताका लागि अप्तामा २० देखि ४० घण्टा खट्ने प्रतिवद्धता गर्न सकने व्यक्तिले आवेदन दिन सक्नेछन् । 

त्यस्तै, प्रोग्राम कोअर्डिनेटरका लागि सम्बन्धित विषयमा स्नातक गरी ३ वर्ष काम गरेको अनुभव अथवा स्नातकोत्तर गरी  कम्तीमा २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । रिजल्ट मेजरमेन्ट जानेको, स्टाटिस्टीकल टुलहरु प्रयोग गर्न जान्ने, एक्सन रिसर्चमा इच्छुक र डाटा मेनेजमेन्टमा दक्षताका साथै नेपाली र अग्रेजीमा राम्रासँग कम्युनिकेसन गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, फाइनान्स एण्ड एडमिनिस्ट्रेसन मेनेजरका लागि आवेदन दिन चाहनेले एकाउण्टीङ, फाइनान्स अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेको, ५ वर्षभन्दा बढी सम्बन्धित क्षेत्रमा काम गरेको हुनुपर्नेछ । सम्बन्धित क्षेत्रबारे दक्ष व्यक्तिले ख्सो पदका लागि आवेदन दिन सक्नेछन् । 
दक्ष तथा इच्छुक व्यक्तिले १० जुन अर्थात जेठ २८ गते साँझ ५ बजेभित्र     चाहेको पारिश्रमिक समेत उल्लेख गरिएको वायोडाटा र नागरिकताको फोटोकपि सहित [email protected]  सम्पर्क गर्न सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]