June 3rd, 2016

दक्षिण कोरियाको मुद्रास्फीति ०.८ प्रतिशतले बढ्यो

south koreaदक्षिण कोरियाको उपभोक्ता मूल्य गत वर्षको तुलनामा मे महिनामा ०.८ प्रतिशतले बढेको छ । चार महिनाको अवधिमा उपभोक्ता मूल्य वृद्धि १ प्रतिशत तल झरेको यो पहिलो पटक भएको बुधबार सार्वजनिक सरकारी प्रतिवेदनले देखाएको छ । प्रमुख मुद्रास्फीति फेब्रुअरी महिनामा १.३ प्रतिशत रहेकोमा मार्च र अप्रिल प्रत्येकमा १ प्रतिशतमा झरेको थियो । मे महिनामा आएर भने ०.८ प्रतिशतमा झरेको स्ट्याटिक्स कोरियाले जनाएको छ । ताजा खाने कुरा विशेष गरी तरकारीको मूल्यमा न्यून मात्रै वृद्धि भएकाले मेको वृद्धि पनि मन्द भएको हो ।

गत वर्षको दाँजोमा मे महिनामा तेल उत्पादनमा ११.६ प्रतिशत गिरावट आएको छ । सस्तो कच्चा तेलको मूल्यका कारण तेल उत्पादनको मूल्यमा पनि गिरावट आएको हो । यसले न्यून उपभोक्ता मूल्य मुद्रास्फीतिमा योगदान गरेको छ । तेल उत्पादनको मूल्यमा गिरावटले मे महिनामा समग्र मुद्रास्फीतिलाई ०.४९ प्रतिशत बिन्दुले ओरालो लाग्न सहयोग गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]