May 31st, 2016

गाभिए साइन रेसुंगा र गौमुखी विकास बैँक

shineरुपन्देहीको बुटवलमा कर्पोरेट कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र प्युठानको बिजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी विकास बैंकको मर्ज प्रक्रिया पुरा भएको छ । यी दुई विकास बैक गाभिएर बनेको दश जिल्ले बैंक शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नामबाट संचालनमा आउनेछ । बैंकले यहि जेठ २९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने जनाएको छ । 

एक जिल्ले र दश जिल्ले विकास बैंक गाभिएर बनेको शाइन रेसुङ्गाको चुक्ता पूँजी झण्डै ८८ करोड रुपैयाँ पुगेको छ । मर्जर पश्चात बैंकको निक्षेप ८ अर्ब बढी र कर्जा लगानी ७ अर्ब बढी पुगेको छ । केन्द्रीय कार्यालय, कर्पोरेट कार्यालय, सहित २६ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय हुनेछन् ।

मर्जर अघि प्युठान एक जिल्ला मात्र कार्यक्षेत्र भएको गौमुखी विकास बैंकको चुक्ता पूँजी ६ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको थियो भने शाइन रेसुङ्गाको ६३ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको थियो । 
दुई वटै विकास बैंकले गत असोजमा मर्जर सम्बन्धी सम्झैता गरि राष्ट्र बैंकमा सैद्दान्तिक सहमतिका लागि संयुक्त आवेदन दिएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]