September 22nd, 2018

हितग्राही अर्थात डिम्याट खाता के हो ? किन र कसरी खोल्ने ?

बैंकिङ खबर । निक्षेप सदस्य मार्फत सिडिएससि धितोपत्र निक्षेप गर्न हितग्राही खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र ग्रहन गरेको व्यक्ति हुन् ।  हितग्राहीले धितोपत्र निक्षेप गर्न निक्षेप सदस्यमार्फत केन्द्रीय निक्षेप कम्पनिसँग बेग्लै खाता नम्बरबाट खोलेको विद्युतीय खाता नै हितग्राही खाता हो । हितग्राहीले सिडिएससिमा डिम्याट् खाता खोल्नकालागि निक्षेप सदस्य मार्फत सम्पुर्ण विवरणहरु प्रणलीमा प्रविष्टि गरेपछि प्रणलीबाट उत्पन्न हुने १६ अंकको पृथक परिचय नम्बर नै हितग्राही परिचय नम्बर हो । 

यो भविष्यमा गरिने सबै सेयर कारोबारहरुमा उल्लेख गर्दछ । यो नक्कल गर्ने सकिदैन अथवा दुई हितग्राहीको समान नम्बर हुन सक्दैन् । २०७३ श्रावण १ गतेदेखि काढमाडौं उपत्यकाभित्र र २०७३ माघ १ गते देशभरि नै सावैजानिक निष्काशन दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिँयाट खाता दरखास्त फाराममा अनिवार्य रुपममा उल्लेख गर्नु पर्ने र सोही खातामा बाडँफाडँ भएको सेयर जम्मा गर्नुपर्ने व्यवस्था गरिएकाले सेयर कारोबार गर्नका लागि यो खाता खोल्नु अनिवार्य भएको छ ।

डिम्याट खाता खोल्ने प्रक्रिया 
हितग्राही वा लगानीकर्ताहले अझै डिम्याट खोल्न सक्दैनन् । डिम्याट खाता लोल्न वोर्डबाट निक्षेप सदस्यको कार्यै गर्न अनुमतिपत्र प्राप्त सदस्य मार्फत डिम्याट खाता दोल्न सक्छन् । सिडिएससिमा खाता खोल्ने प्रक्रिया बैंक खाता खोले जस्तै सरल किसिमको छ । डिम्याट खाता खोल्न आवश्यक कागजातहरु पेश गरी खाता खोल्ने फाराम भरिसकेपछि निक्षेप सदस्यले सिडिएस लि. को प्रणलीमा प्रविष्ट गर्दछ । उक्त प्रविष्टलाई सिडिएससि बाट सदर भएपछि डिम्याट खुल्दछ । हितग्राहीलाई सदर गरेको पत्र प्राप्त भए पछि खाता खोलिन्छ । 

डिम्याट खाता किन आवश्यक छ ?
डिम्याट खाता भौतिक धितोपत्रहरुलाई विद्युतीय पद्धतिमा परिवर्तण गर्न, नेपाल स्टक एक्सचेन्जमा भएका धितोपत्रहरुको खरिद विक्री कारोबारहरुलाई अभौतिक रुपमा प्राप्त तथा हस्तान्तरण गर्न, प्रारम्भिक सार्वजानिक निष्काशनबाट प्राप्त धितोपत्रहरु वा संस्थागत गतिविधिहरु (हकप्रद निष्काशन, बोनस निष्काशन, मर्जर) लाई अभौतिक रुपमा जम्मम गर्न, डिम्याट् खातामा ग्रहन गरेका अभौतिक धितोपत्रहरुको खाताको फाटँबारी प्राप्त गर्न र धितोपत्रहरुको धितो बन्धकी राख्न तथा पुणः भौतिकीकरण जस्ता कार्यहरुका लागि डिम्याट खाता खोल्नुपर्दछ । 

डिम्याट खाता खोल्दा हितग्राहीहरुलाई हुने फाईदाहरु 
डिम्याट खाता खोल्दा हितग्राहीहरुलाई विभिन्न फाइदाहरु हुने गर्दछ । भौतिक प्रमाणपत्रहरुमा भएका जोखिमहरुलाई हटाउँन् । 
शीघ्र फछ्र्यौट चक्र पुरा हुने तथा ठेगाना परिवर्तणको समस्याको निदान,
धितोपत्रहरुको तुरुन्तै हस्तान्तरण तथा सार्वजनिक निष्काशनबाट वितरित सेयरहरुको शीघ्र वितरण । 
पार्टफोलीयो व्यवस्थापन तथा धितोपत्रहरुको बन्धकीमा सहजता आदि । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]