September 11th, 2018

अत्यावश्यक जानकारी : बाली तथा पशुपंक्षीको बीमा कसरी गर्ने ? 

बैंकिङ खबर । नेपालमा औपचारिक तथा विधिवत रुपमा “बाली तथा पशुपंक्षी बीमा” २०६९ साल माघ १ गते देखि सुरु भएको हो । कृषि तथा पशुपालन व्यवसायमा भएका जोखिम तथा अनिश्चितता कम गरी कृषकहरुलाई कृषि व्यवसायतर्फ आकर्षण गर्न र कृषि क्षेत्रमा निजी तथा सहकारी लगानी बढाउन र लगानी सुरक्षित गर्न आवश्यक भएको छ । यो आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारको शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना, २०६९ को कृषि क्षेत्र विकास सम्बन्धी बुँदा नं. ११ मा माछा, पशुपंक्षी र कृषि उपजको व्यवसायिक उत्पादनमा जोखिम बीमा गरिदिने र सो बीमाको नेपाल सरकारले तोकिदिएको अनुदान समेत प्रदान गर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, “बाली तथा पशुपंक्षी बीमा” अन्तर्गत कृषकहरुले खेती गरेका सम्पूर्ण बालीहरु (खाद्यान्न बाली, दलहन बाली, फलपूmल बाली, तरकारी बाली, मसला बाली, तेलहन बाली, च्याउ आदि), पालेका पशुपंक्षी, मौरी र माछाहरुको बीमा हुन्छ । यसका साथै बीमा समितीबाट बीमालेख जारी गरी तोकिएको अन्य बाली तथा पशुपन्छीको समेत बीमा हुन्छ । बालीहरुको बीमा गराउँदा तराईमा कम्तीमा १ कठ्ठा जमिनमा खेती गरिएको र पहाड तथा उच्च पहाडमा कम्तीमा आठ आना (आधा रोपनी) जमिनमा खेती गरिएको हुनु पर्दछ । 

बाली तथा पशुपंक्षीहरुको बीमा गराउँदा लाग्ने बीमा शुल्क हरेक बाली तथा पशुपंक्षी बीमा लेखमा तोकिए अनुसार हुनेछ । विभिन्न बाली तथा पशुपंक्षीहरुको बीमा शुल्क यसप्रकार रहेको छ । 
बाली तर्फ    
सम्पूर्ण बालीहरुको उत्पादन लागतको ५ प्रतिशत
माछाको २ प्रतिशत
माछा पोखरीको १ प्रतिशत (सम्पुष्टि)
उत्पादनमा आधारित बीमामा ५ देखि ७ प्रतिशत    

पशुपंक्षी तर्फ
सम्पूर्ण पशुपंक्षीहरुको ५ प्रतिशत
ब्रोइलर कुखुराको हकमा (प्रति ब्याच) १.२५ प्रतिशत

साथै, कृषकहरुले बाली तथा पशुपंक्षीहरुको बीमा गराउँदा लाग्ने बीमा शुल्क (प्रिमियम) को ७५ प्रतिशत अनुदान नेपाल सरकारबाट प्राप्त हुन्छ । बीमा गरिएको कृषिजन्य वस्तु/पशुपन्छी आदि पूर्ण क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत र आंशिक क्षति भएमा क्षतिको प्राविधिकको मुल्याङ्कन तथा बीमा लेखमा उल्लेख भए अनुसारको रकम प्राप्त हुन्छ ।

बाली तथा पशुपंक्षी बीमा गराउन सम्बन्धित जिल्लाको जिल्ला कृषि विकास कार्यालय÷जिल्ला पशु सेवा कार्यालय र सम्बन्धित महानगरपालिका, उप– महानगरपालिका, नगरपालिका, गाउपालिका तथा वडा कार्यालयमा रहेका कृषि÷पशु प्राबिधिmहरु र तोकिएका बीमा कम्पनीहरुसँग सम्पर्क गर्नुपर्दछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]