August 9th, 2018

नोटमा केरमेट गर्नेलाई तीन महिना जेल

बैंकिङ खबर । नोटमा केरमेट गर्ने व्यक्तिलाई तीन महिना जेल सजाय हुने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै नोटमा केरमेट गरेमा ३ महिना जेल वा ५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने जनाएको छ ।

मुलुकी अपराध(संहिता) ऐन २०७४ को परिच्छेद २२ अनुसार नोट वा सिक्का जलाउने,केरमेट गर्ने,नष्ट गर्न खोज्नेलाई कसुर कायम हुने र त्यस्ता व्यक्तिलाई ३ महिनासम्म जेल सजाय हुने उल्लेख छ ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै नोटमा केरमेट गर्न, स्टिच लगाउन रोक लगाएको छ । यसो गरेमा ३ महिना जेल तथा ५ हजार रुपैयाँ जरिवाना हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]