July 16th, 2018

ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई ‘एक्वायर’ गर्ने 

ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यससम्बन्धमा दुई बैंकबीच आइतबार (असार ३१ गते) सम्झौता भएको छ । ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलादीमा ज्योति विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा हाम्रो विकास बैंकका तर्फबाट संचालक समितिका अध्यक्ष हरी प्रसादले सम्झौतामा हस्ताक्षर गरे ।  

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ती ९ब्अत्रगष्कष्तष्यल० गर्न लागेको हो । सेयर स्वाप अनुपात हाम्रो विकास बैंकको म्म्ब् पश्चात आउने मूल्यलाई आधार मानी तय गर्ने गरी सम्झौता भएको बताइएको छ । 

ज्योति विकास बैंकको हालको चुक्ता पुँजी दुई अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ भने हाम्रो विकास बैंकको चुक्ता पुँजी ४९ कराड २२ लाख रुपैयाँ रहेको छ । हाम्रो विकास बैकको प्राप्ती पछि ज्योति विकास बैंकको कुल निक्षेप रकम करिब रु २०.५० अर्ब, कर्जा रकम करिब रु १७.५० अर्ब नाघ्ने छ भने शाखा संजाल ६७ पुग्नेछ । 

ज्योति विकास बैंकले यस अघि झिमु्रक विकास बैंकसंँग मर्जर र राप्तिभेरि विकास बैंकसँग प्राप्ती प्रक्रिया सम्पन्न गरी एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]