July 1st, 2018

तेह्रथुमको बसन्तपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा 

तेह्रथुम जिल्लाको लालिगुंरास नगरपालिका वार्ड न. २ बसन्तपुर स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बसन्तपुरको समुद्घाटन सम्पन्न भएको छ । उक्त शाखाको राष्ट्रिय वाणिज्य बैंक संचालक समितिकका सदस्य रबीन्द्रलाल श्रेष्ठले एक समारोहका बीच समुद्घाटन गरे । श्रेष्ठले बैंकले सरकारी नीतिलाई सघाउ पुग्ने गरी अगाडि बढिरहेको बताए । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बसन्तपुर क्षेत्र ब्यापारिक हिसाबले पनि महत्वपूर्ण भएकाले राष्ट्रिय वाणिज्य बैंकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरि स्थानीय ब्यापारलाई अगाडि बढाउन सघाउ पुर्याउने बताए ।

समारोहमा नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । बैंकको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्र कट्टेलको सभापतित्वमा सम्पन्न उक्त समारोहमा तेह्रथुम जिल्लाको प्रदेशसभा(क) सांसद लक्ष्मण तिवारी, लालिगुंरास नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ्ग, एवं अन्य स्थानीय राजनीतिक दलका प्रतिनिधी, उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।  

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । सो अवसरमा शाखाको समुदघाटन गर्नुपूर्व बसन्तपुर बजार क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्याक्रमको आयोजना गरेको थियो ।  चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]