June 27th, 2018

चितवनको पर्सा बजारमा ज्योति विकास बैंक

ज्योति विकास बैंक लि. ले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नं ८ पर्सा बजारमा रहेको उक्त शाखाको औपचारिक उद्घाटन खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा बुधबार (असार १३ गते) गरे । 

सो अवसरमा खैरहनी नगरपालिकाका मेयर चौधरीले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कमना गरे ।

बैंकका अध्यक्ष खड्काले ज्योति विकास बैंकले विपन्न परिवारका लागि लघु कर्जा सुरु गरेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले व्यवसायिक हिसाबले महत्वपुर्ण मानिने चितवनमा शाखा संजाल विस्तार गर्ने क्रममा पर्सामा शाखा खोलेकोले ज्योति विकास बैंक मार्फत कारोवार गरि सहयोग गर्न अनुरोध गरे ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । 

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १६ अर्व ३९ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १४ अर्व ७५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]