June 15th, 2018

गरिमा विकास बैंक र जनता बैंक बीच रेमिट्यान्स सम्झौता

गरिमा विकास बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडबीच ‘गरिमा रेमिट’ सञ्चालनगर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कु“वर क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापश्चात जनता बैंक नेपाल लिमिटेडका देशभर सञ्चालनमा रहेका ११०वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।                                                       


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]