मुलुकको आर्थिक तथा वित्तीय स्थितिबारे यस्तो छ, केन्द्रीय बैंकको समीक्षा

June 13, 2018

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को दश महिनाको तथ्याङ्कमा आधारित रहेर मुलुकको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्यवृद्धिदर प्रक्षेपण गरिएको सीमाभन्दा न्युन रहने विश्लेषण गरेको छ । वित्तीय क्षेत्रतर्फ भने कर्जा र निक्षेपबीचको असन्तुलनका कारण व्याजदरमा चाप परिरहेको राष्ट्र बैंकले जनाएको छ । हेरौँ, राष्ट्र बैंकको विश्लेषण जस्ताको तस्तै :   

आर्थिक परिदृश्य 
१. केन्द्रीय तथ्याङ्क विभागले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७४÷७५ को कुल गार्हस्थ्य उत्पादनको अनुमानलाई हेर्दा देशको समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको प्रतिविम्वित हुन्छ । आर्थिक वर्षको शुरु मै आएको अविरल वर्षा तथा डुवानले कृषि क्षेत्रको वृद्धिदरमा केही संकुचन आएतापनि कुल गार्हस्थ्य उत्पादनमा करिब ६ प्रतिशतको फराकिलो वृद्धि रहने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७४/७५ को पहिलो छ महिनाको देशको आर्थिक गतिविधि सम्बन्धी अध्ययन प्रतिवेदनको आधारमा पनि औद्योगिक क्षेत्रको क्षमता उपयोग गत वर्षको सोही अवधिको ५४.२ प्रतिशतको तुलनामा बढेर ५८ प्रतिशत पुगेको देखिन्छ । त्यसैगरी, निर्माण, खानी तथा उत्खनन्का साथै पर्यटन क्षेत्रमा भएको वृद्धिले समेत उल्लिखित आर्थिक वृद्धिमा योगदान दिएको देखिन्छ । नेपाल सरकारले हालै सार्वजनिक गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने लक्ष्य रहेको छ । यी तथ्यहरुबाट मुलुकले उच्च आर्थिक वृद्धिको बाटो समातेको संकेत मिल्दछ । 
२. मुद्रास्फीतिमा चाप पर्ने संकेतका बावजुद केही उपभोग्य वस्तुहरुको मूल्यमा भएको गिरावटका कारण २०७५ वैशाखमा उपभोक्ता मुद्रास्फीति अघिल्लो महिनाको ५.३ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा पुगेको छ । फलस्वरुप, आर्थिक वर्ष २०७४/७५ मा औसत मुद्रास्फीति प्रक्षेपित सीमाभन्दा न्यून रहने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा नेपाली मुद्राको अमेरिकी डलरसँगको मुद्रास्फीति र तलब तथा ज्यालादर उपभोक्ता मुद्रास्फीति केहि उपभोग्य वस्तुहरुको मूल्यमा आएको गिरावटका कारण २०७४ फागुनमा ६ प्रतिशत पुगेको उपभोक्ता मुद्रास्फीति २०७५ वैशाखमा घटेर ४.१ प्रतिशत पुगेको छ । फलस्वरुप, आर्थिक वर्ष २०७४÷७५ मा औसत मुद्रास्फीति प्रक्षेपित सीमाभन्दा न्यून रहने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तथा नेपाली मुद्राको अमेरिकी डलरसँगको विनिमय दरले मुद्रास्फीतिको परिदृश्य प्रभाव पार्ने देखिन्छ । 
३. वाह्य क्षेत्रतर्पm, आयात उच्च दरमा बढेकाले चालू आर्थिक वर्षको दश महिनासम्ममा चालू खाता घाटा बढेर रु.१९१ अर्ब पुगेको छ । तथापि, विप्रेषण आप्रवाहमा सुधार आई गत वर्षको ५.२ प्रतिशत वृद्धिको तुलनामा ७ प्रतिशत पुगेको छ । त्यसैगरी, विदेशी विनिमय सञ्चिति रु. १०७२ अर्ब ८५ करोड रहेको छ जुन ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ । 
४. वित्तीय क्षेत्रतर्फ, वार्षिक विन्दुगत आधारमा दश महिनासम्ममा कर्जा प्रवाहको वृद्धिदर (१९.६ प्रतिशत) ले निरन्तर रुपमा निक्षेप परिचालनको वृद्धिदर (१६ प्रतिशत) लाई उछिनेको छ । कर्जा र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको छ । तथापि, २०७५ वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुशित गर्नुपर्ने देखिन्छ ।

मुद्रास्फीति र तलब तथा ज्यालादर 
उपभोक्ता मुद्रास्फीति 
५. केहि उपभोग्य वस्तुहरुको मूल्यमा आएको गिरावटका कारण २०७४ फागुनमा ६ प्रतिशत पुगेको उपभोक्ता मुद्रास्फीति २०७५ वैशाखमा घटेर ४.१ प्रतिशत पुगेको छ । २०७४ बैशाखमा यस्तो मुद्रास्फीति ३.४ प्रतिशत रहेको थियो । 

खाद्य मुद्रास्फीति 
६. २०७५ वैशाख मसान्तमा खाद्य मुद्रास्फीति ३.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.२ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा मुलतः तरकारी, फलफूल, घ्यु तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डा लगायतका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । 

गैर–खाद्य मुद्रास्फीति 
७. समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.० प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ता कपडा तथा जुत्ता, घरायसी उपयोगका सामान लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम हुन गएको हो । 

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
८. क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ६.३ प्रतिशत, पहाडमा ५.७ प्रतिशत, तराईमा ४.० प्रतिशत र काठमाडौं उपत्यकामा ३.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा २.८ प्रतिशत, पहाडमा ४.० प्रतिशत, तराईमा ३.६ प्रतिशत र काठमाडौं उपत्यकामा १.९ प्रतिशत रहेको थियो । 

थोक मुद्रास्फीति 
९. २०७५ वैशाख मसान्तमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीतिदर २.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.५ प्रतिशत रहेको थियो । अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको प्रभाव स्वरुप नेपाली बजारमा समेत निरन्तर रुपमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिले समग्र थोक मुद्रास्फीतिमा चाप परेको हो । 

राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क 
१०. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क १४.९ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्कमा ९.४ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ५.६ प्रतिशतले वृद्धि भएको छ । 

बाह्य क्षेत्र 
वैदेशिक व्यापार 
११. आर्थिक बर्ष २०७४/७५ को दश महिनासम्ममा कुल वस्तु निर्यात ९.२ प्रतिशतले वृद्धि भई रु. ६६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ७.१ प्रतिशत, चीनतर्फ ८७.४ प्रतिशत र अन्य मुलुकतर्फ ७.७ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलंैची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवा, लगायतका वस्तुको निर्यात बढेको छ भने जि.आई पाईप, जुस, जुटको रस्सी, उनी गलैँचा, पस्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ । 
१२. समीक्षा अवधिमा कुल वस्तु आयात २१.९ प्रतिशतले बढेर रु. ९८५ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २३.४ प्रतिशत, चीनबाट भएको आयात २२.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, एम.एस.विलेट, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ । 
१३. भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 
१४. समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २२.९ प्रतिशतले विस्तार भई रु. ९१९ अर्ब १८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ७.५ प्रतिशत रहेको थियो । 

सेवा 
१५. समीक्षा अवधिमा कुल सेवा आय ६.३ प्रतिशतले र कुल सेवा खर्च १३ प्रतिशतले बढेको कारण खुद सेवा आय रु. २६ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु. ७ अर्ब ७६ करोडले बचतमा द्ध रहेको थियो । सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा ११.८ प्रतिशतले वृद्धि भई रु. ५७ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४४.८ प्रतिशतले बढेको थियो । 

विप्रेषण आप्रवाह 
१६. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले वृद्धि भई २०७५ बैशाखसम्ममा रु. ६०६ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाहमा भने ०.१ प्रतिशतले कमी आई रु.६९२ अर्ब २३ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.३ प्रतिशतले बढेको थियो । 
१७. वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.९ प्रतिशतले घटेको थियो । 

चालू खाता एवम् शोधनान्तर स्थिति 
१८. अघिल्लो वर्षको दश महिनामा चालू खाता रु. ७ अर्ब ५७ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई रु. १९१ अर्ब २ करोड पुगेको छ । समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको हो । फलस्वरुप, अघिल्लो वर्षको दश महिनामा रु. ५३ अर्ब ८१ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. १८ अर्ब ९३ करोडले घाटामा रहेको छ । 
१९. समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १५ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु. ११ अर्ब ६१ करोड रहेको थियो । 

विदेशी विनिमय सञ्चिति 
२०. २०७४ असार मसान्तको रु. १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७५ बैशाख मसान्तमा ०.६ प्रतिशतले ह्रास भई रु. १०७२ अर्ब ८५ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७५ बैशाख मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई रु. ९६६ अर्ब ९१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब १७ करोड रहेकोमा २०७५ बैशाख मसान्तमा ३०.४ प्रतिशतले कमी आई रु. १०५ अर्ब ९४ करोड रहेको छ । २०७५ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू 
२१. आर्थिक वर्ष २०७४/७५ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत ट मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५.७ प्रतिशत, ८०.२ प्रतिशत र ३७ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४०.८ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए । 

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य 
२२. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७४ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४९.०८ रहेकोमा २०७५ बैशाख मसान्तमा ५९.३ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ७८.१७ पुगेको छ । त्यसैगरी, सुनको मूल्य २०७४ बैशाख मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२३१.२५ रहेकोमा २०७५ बैशाख मसान्तमा ७.२ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १३१९.८५ पुगेको छ । 

विनिमय दर 
२३. २०७४ असार मसान्तको तुलनामा २०७५ बैशाख मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.३ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर ४ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७५ बैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु. १०७.४३ पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर रु. १०२.८६ रहेको थियो । 

सरकारी वित्त स्थिति 
बजेट घाटा/बचत 
२४. आर्थिक वर्ष २०७४/७५ को दश महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट घाटा रु.१३८ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.५१ करोड रहेको थियो । 

सरकारी खर्च 
२५. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.७२७ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.४७८ अर्ब ६३ करोड रहेको थियो । 
२६. समीक्षा अवधिमा चालू खर्च रु.५४७ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.३४४ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा पुँजीगत खर्च ४२.४ प्रतिशतले बढेर रु.१२८ अर्ब ४८ करोड भएको छ । अघिल्लो वर्ष यस्तो खर्च रु.९० अर्ब २४ करोड भएको थियो । 

सरकारी राजस्व 
२७. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन २१.१ प्रतिशतले वृद्धि भई रु.५६२ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ३२.६ प्रतिशतले वृद्धि भई रु.४६४ अर्ब ४२ करोड पुगेकोथियो । 

सरकारको नगद मौज्दात 
२८. २०७५ बैशाख मसान्तसम्ममा सरकारी ढुकुटीमा रु.२६९ अर्ब ५१ करोड (स्थानीय तहको खातामा जम्मा भएको रकम रु.१२४ अर्ब ४७ करोड समेत) नगद मौज्दात कायम रहेको छ । 

मौद्रिक स्थिति 
मुद्राप्रदाय 
२९. आर्थिक वर्ष २०७४/७५ को दश महिनामा विस्तृत मुद्राप्रदाय ११.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १०.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ बैशाख मसान्तमा विस्तृत मुद्राप्रदाय १७.१ प्रतिशतले बढेको छ । 
३०. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. १८ अर्ब ९३ करोड (१.९ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ५३ अर्ब ८१ करोड (५.६ प्रतिशत) ले बढेको थियो । 
३१. समीक्षा अवधिमा सञ्चित मुद्रा २.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ५.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ बैशाख मसान्तमा सञ्चित मुद्रा १२.१ प्रतिशतले बढेको छ । 

कुल आन्तरिक कर्जा 
३२. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ बैशाख मसान्तमा यस्तो कर्जा २५.८ प्रतिशतले बढेको छ । 
३३. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १८.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १७.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २०७५ बैशाख मसान्तमा १९.६ प्रतिशतले बढेको छ । 

निक्षेप संकलन 
३४. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६.० प्रतिशतले बढेको छ । 
३५. २०७५ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.६ प्रतिशत, ३५.० प्रतिशत र ४५.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३६.२ प्रतिशत र ४२.६ प्रतिशत रहेको थियो । 
३६. २०७५ बैशाखमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४६.२ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 
३७. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १८.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.६ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १८.३ प्रतिशत, विकास बैंकहरुको १८.२ प्रतिशत र वित्त कम्पनीहरुको ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.८ प्रतिशतले बढेको छ । 
३८. २०७५ बैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १५.० प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ बैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.० प्रतिशत र १३.९ प्रतिशत रहेको थियो । 
३९. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ८०.२ प्रतिशत (रु.५१ अर्ब ७६ करोड) ले वृद्धि भई रु. ११६ अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.९ प्रतिशतले बढेको थियो । 
४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ११.१ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३.६ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १४.० प्रतिशतले बढेको छ । 

तरलता व्यवस्थापन 
४१. आर्थिक वर्ष २०७४/७५ को दश महिनासम्ममा खुला बजार कारोबारका विभिन्न उपकरणहरु मार्फत पटक–पटक गरी रु. १३० अर्ब २५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् रु. ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पmत् रु. ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् रु. ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. १०१ अर्ब १० करोड तरलता प्रशोचन भएको थियो । 
४२. समीक्षा अवधिमा यस बैंकले ब्याजदर करिडोर अन्तर्गतको १४ दिने रिपो बोलकबोलमार्फत् रु. ६९ अर्ब ७२ करोड र सोझै खरिद बोलकबोलमार्फत्रु. ३७ अर्ब ६२ करोड गरी कुल रु. १०७ अर्ब ३४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु. ६१ अर्ब तरलता प्रवाह भएको थियो । 
४३. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. ३८ अर्ब ३३ करोड बराबरको स्थायी तरलता सुविधा उपयोग गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले रु. ६२ अर्ब ३९ करोड बराबरको त्यस्तो सुविधा उपयोग गरेका थिए । 
४४. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब ५० करोड खुद खरिद गरी रु. ३६२ अर्ब २१ करोड खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ३८ करोड खुद खरिद गरी रु. ३६० अर्ब ६३ करोड खुद तरलता प्रवाह गरिएको थियो । 
४५. समीक्षा अवधिमा अमेरिकी डलर ४ अर्ब , यूरो ४ करोड र पाउण्ड स्टर्लिङ्ग ६ करोड बिक्री गरी रु. ४२७ अर्ब ४० करोड बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ३८ करोड र यूरो ११ करोड बिक्री गरी रु. ३७४ अर्ब ३८ करोड बराबरको भा.रु. खरिद भएको थियो । 

पुनरकर्जा 
४६. उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ बैशाख मसान्तमा रु. १६ अर्ब ४७ करोड यस बैंकले प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । 
४७. भूकम्प पीडितहरूलाई बढीमा २.० प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ बैशाख मसान्तसम्ममा रु.१ अर्ब ५१ करोड पुनरकर्जा उपयोगमा रहेको छ । 
४८. २०७५ बैशाख मसान्तसम्ममा नेपाल सरकारबाट ५.० प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ७,७०४ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत रु.८ अर्ब २३ करोड कर्जा बक्यौता रहेको छ भने रु.४७ करोड ४४ लाख ब्याज अनुदान प्रदान गरिएको छ । 

अन्तर–बैंक कारोबार 
४९. आर्थिक वर्ष २०७४/७५ को दश महिनासम्ममा वाणिज्य बैंकहरूले रु.९७२ अर्ब ३३ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) ले रु. ३४ अर्ब ५१ करोडको अन्तर–बैंक कारोबार गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः रु. ८९० अर्ब ८३ करोड र रु. ३२१ अर्ब ८१ करोडको यस्तो कारोबार गरेका थिए । 

व्याजदर
५०. २०७४ बैशाखमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.७८ प्रतिशत रहेकोमा २०७५ वैशाखमा ५.१५ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने २०७४ वैशाखको २.७३ प्रतिशतको तुलनामा २०७५ वैशाखमा ४.५३ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७४ बैशाखको ९.० प्रतिशतको तुलनामा २०७५ वैशाखमा १०.९४ प्रतिशत पुगेको छ । 

मर्जर/प्राप्ति 
५१. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात्२०७५ वैशाख मसान्तसम्म कुल १६२ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२१ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४१ संस्था कायम भएका छन् । 

५२. वित्तीय पहुँच संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ बैशाख मसान्तसम्म ५३१ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ । 

पूँजी बजार 
५३. नेप्से सूचकाङ्कमा वार्षिक विन्दुगत आधारमा १९.३ प्रतिशतले ह्रास भई २०७५ बैशाख मसान्तमा १३३८.२ विन्दुमा सीमित भएको छ । २०७४ बैशाख मसान्तमा उक्त सूचकाङ्क १२ प्रतिशतले वृद्धि भई १६५८.६ विन्दु पुगेको थियो । २०७४ असार मसान्तमा भने नेप्से सूचकाङ्क १,५८२.७ विन्दु कायम भएको थियो । 
५४. धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा १८.५ प्रतिशतले ह्रास आई २०७५ बैशाख मसान्तमा रु.१,५७० अर्ब २७ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७४÷७५ को उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ५२.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७२.९ प्रतिशत रहेको थियो । बजार पूँजीकरणमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुको अंश ८१.२ प्रतिशत रहेको छ भने जलविद्युत् क्षेत्रको ४.६ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको २.६ प्रतिशत, होटलहरूको १.७ प्रतिशत, व्यापारिक संस्थाहरूको ०.१ प्रतिशत र अन्यको ९.९ प्रतिशत रहेको छ । 
५५. २०७५ वैशाखमा कुल शेयर कारोबार रकम २५.२ प्रतिशतले ह्रास भई रु.१२ अर्ब ७८ करोड कायम भएको छ । यस्तो कारोबार रकम २०७४ वैशाखमा ५ प्रतिशतले ह्रास भई रु.१७ अर्ब ८ करोड रहेको थियो । 
५६. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ वैशाख मसान्तमा १९६ रहेको छ । २०७४ वैशाख मसान्तमा यस्तो संख्या २१० रहेको थियो । केही बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरुको संख्या घट्न गएको हो । सूचीकृत कम्पनीहरूमध्ये १४८ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १८ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन् । 
५७. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक विन्दुगत आधारमा २३.७ प्रतिशतले वृद्धि भई २०७५ वैशाख मसान्तमा रु.३४० अर्ब ८६ करोड पुगेको छ । समीक्षा अवधिमा रु.४७ अर्ब ४७ करोड बराबरको साधारण शेयर, रु.२९ अर्ब २६ करोड बराबरको हकप्रद शेयर, रु.३० अर्ब १२ करोड बराबरको बोनस शेयर र रु.३६ अर्ब ४७ करोड बराबरको सरकारी ऋणपत्र समेत गरी कुल रु.१४३ अर्ब ९४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *