May 30th, 2018

एलआईसी नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड

लाइफ इन्स्योरेन्स कर्पोरशन (एलआईसी नेपाल) लाई इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड, २०१८ (Emerging Asia Inusurance Award, 2018) अन्तर्गत Best Service Provider in Life Insurance Award, Best Customer Orientation in Life Insurance Award र Growth in Life Insurance Award प्राप्त भएको छ । एसिया महादेशका इन्स्योरेन्स कम्पनीहरुले भाग लिएको Emerging Asia Insurance Conclave and Award, 2018 कार्यक्रम जेष्ठ १४ गते थाईलैण्डको बैङ्ककमा  सम्पन्न भएको थियो । 

विभिन्न देशहरुको बीमा नियामक निकायका प्रतिनिधिहरु र कम्पनी प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा थाई इन्स्योरेन्स बोर्डका महासचिवले एलआईसी नेपालका का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारलाई उक्त अवार्ड प्रदान गरे ।

एलआईसी नेपालको गुणस्तरीय सेवा र उत्कृष्ट कार्यसम्पादनको कदरस्वरुप एसिया महादेशकै यो सम्मानित अन्तर्राष्ट्रिय अवार्ड पाएकोमा हर्षित हुदै का.मु. प्रमुख कार्यकारी अधिकृत दस्तिदारले नेपालको बीमा कम्पनीले यो अवार्ड तथा सम्मान पाउनु नेपालको बीमा उद्योगको लागि नै सम्मान र प्रतिष्ठाको विषय भएको बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]