May 23rd, 2018

कृषि र उर्जामा बैंकिङ लगानी २२.६७ प्रतिशत

बैंकिङ खबर । वाणिज्य बैंकहरुले कृषि तथा उर्जामा २२.६७ प्रतिशत लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार, चैत्र मसान्तसम्ममा २८ वटा वाणिज्य बैंकहरुले गरेको कुल लगानीको २२.६७ प्रतिशत लगानी कृषि तथा उर्जा क्षेत्रमा गएको छ । 

उक्त क्षेत्रमा सरकारी स्वामित्वका बैंकहरुको २५.५४ प्रतिशत लगानी भएको छ भने निजी क्षेत्रका बैंकहरुको २२.३२ प्रतिशत लगानी उक्त क्षेत्रमा छ । कृषि तथा उर्जा क्षेत्रमा सबैभन्दा धेरै एनएमबि बैंकको ३९.३४ प्रतिशत लगानी रहेको छ भने सबैभन्दा कम नेपाल बंगलादेश बैंकको ०.२९ प्रतिशत मात्रै रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]