Friday , May 25 2018

अनलाइन ट्रेडिङ सिस्टमको काम ९९ प्रतिशत सकियो

May 17, 2018

रेखा चन्द । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले आगामी आर्थिक बर्षबाट अनलाइन ट्रेडिङ सुरु गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया ९९ प्रतिशतभन्दा बढि सम्पन्न भइसकेको नेप्सेले जनाएको छ ।

यो एक प्राविधिक औजार भएकाले औजार टेस्टीङ र यु.ए.टि गर्नुपर्ने र यसका लागि केही समय लाग्ने नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले बताए । अनलाइन कारोबार प्रणाली निर्माणका लागि नेप्सेले वाईको इन्टरनेशनलसँग सम्झौता गरेको छ ।

नेप्सेका अनुसार अनलाइन कारोबार सुचारु भईसकेपछि लगानीकर्ताले सेयर सम्बन्धि सम्पुर्ण जानकारी इन्टरनेटमै पाउनेछन् । साथमा, सेयर कारोबार पनि इन्टरनेटकै माध्यमबाट सजिलै गर्न सक्नेछन् । यसबाट लगानीकर्ता आफैँ ब्रोकरकोमा गएर सेयर खरिदविक्री गर्नुपर्ने झन्झटको अन्त्य हुनेछ भने लगानीकर्ताको समयको बचत समेत हुनेछ । 

नेप्से र वाइकोबिच १४ महिनाभित्र प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते सम्झौता भएको थियो । सम्झौता अनुरुप नै कार्य अगाडि बढीरहेकोमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सन्तोष प्रकट गर्दै इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पुँजी बजार विकासमा अर्को कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.