May 10th, 2018

पर्वतीय क्षेत्रको समृद्धिका लागि एनएमबि बैकले ICIMOD सँग सहकार्य गर्ने

एनएमबि बैकले नेपालको पर्वतीय क्षेत्रको आर्थिक,  सामाजिक सम्बृधिका लागि  र International Centre for Integrated Mountain Development (ICIMOD) सँग सहकार्य गर्ने भएको छ । सहकार्य सम्बन्धि सम्झौतापत्रमा क्ष्ऋक्ष्ःइम् को कार्यालय धापाखेलमा बिशेष पत्रकार सम्मेलन आयोजना गरेर बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी र ICIMOD का Director General, Dr. David Molden ले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार दुबै संस्थाले आफ्नो नेपाल भरी फैलिएको सञ्जाल मार्फत आफ्नो प्राबिधिक सीप तथा दक्षता प्रयोग गरी स्थानीय समुदायको सामाजिक आर्थिक बिकासका लागि काम गर्नेछन् । सम्झौताले पर्वतीय क्षेत्रको स्थानीय समुदायहरुका लागि मुख्य तीन कार्य क्षेत्रलाई सम्बोधन गर्नेछ जसमा बित्तिय क्षेत्रमा पँहुच, लगानीको प्रभाव र संस्थागत सामाजिक उत्तरदायित्व रहेको छ । एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले सहकार्यहरु गर्दै आएको छ
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]