April 27th, 2018

सिन्धु विकास बैंकको नयाँ शाखा जलविरे बजारमा 

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको जलविरे बजारमा बैंकको १३औं शाखा स्थापना गरेको छ । उक्त शाखा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले एक समारोह बिच बिधिवत रुपमा समुद्घाटन गरे ।

उक्त समारोहमा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हालसम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा जानकारी दिए । बैंकले निकट भविष्यमा बैंकको कार्यक्षेत्रभित्र विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गरी सबैमा वित्तिय पहुँच पुर्याउने प्रतिबद्धता जनाएको छ । 

०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी र जलविरे गरी कुल १३ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १५ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]